पदक विजेता सम्मानित


काठमाडौं, (नेस)
नेपाल वादोरियो कराते डो संघले आईएसकेयु अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ । भारतको अहमदाबादमा डिसेम्बर ३० र ३१ तारिखमा भएको प्रतियोगितामा नेपाल १० स्वर्ण, ५ रजत र ४ कांस्यसाथ टिम उपविजेता भएको थियो ।

विकबहादुर थामी तथा गरीमा गिरीले दोहोरो स्वर्ण जितेका थिए । सिम्मा राईले स्वर्ण र कांस्य, विशाल खड्गीले स्वर्ण, विनय लिम्बूले स्वर्ण र रजत, सन्जोक लिम्बूले स्वर्ण, सागर राउतले स्वर्ण तथा सुनैना शाक्यले स्वर्ण जिते ।