पुलिस र सरस्वती बराबरीमा


नेपाल समाचारपत्र, काठमाडौं
जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १३औं तथा अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबले बराबरी खेलेका छन् । शनिबार हल्चोकको एपीएफ मैदानमा भएको खेलमा पुलिसले सरस्वतीलाई १–१ गोलमा रोक्न सफल भएको हो । ५०औं मिनेटमा भिकटोर अमोमीले प्राप्त पेनाल्टी गोल गर्दै सरस्वतीलाई १–० को अग्रतामा राखेका थिए ।

हेम तामाङले तीर्थ बस्नेतलाई आफ्नै डिबक्समा लडाएपछि सरस्वतीले पुलिसविरुद्ध पेनाल्टी किक हान्ने मौका पाएको थियो । यसलाई भिक्टोरले सदुपयोग गरे पनि ।

तर यो अग्रता धेरै बेर रहेन । ५३औं मिनेटमा रवि पासवानले गोल फर्काएर पुलिसलाई राहत दिलाए । उनले नीरकुमार राईबाट आएको पासलाई वान टचमै क्लोज रेन्जमा गोल गरेका थिए । बाँकी समयमा गोल नभएपछि पुलिस र सरस्वतीले अंक बाँडे । योसँगै पुलिस १३ खेलबाट १९ अंकसहित अंकतालिको छैटो स्थानमा रह्यो । अर्को खेलमा थ्रीस्टार र हिमालयन शेर्पाबीचको खेलले पुलिसको स्थान निर्धारण गर्नेछ । यदि खेल बराबरी रहेमा वा थ्रीस्टार जितेमा पुलिसले लिग छैटो स्थानबाट समाप्त गर्नेछ । यदि शेर्पा जितेमा भने पुलिस सातौं स्थानबाट लिग समाप्त गर्नुपर्ने हुन्छ । १४ अंक जोडेको सरस्वतीले भने लिग नवौं स्थानबाट समाप्त ग¥यो

यसअघिको खेलमा च्यासल युवा क्लब र जावलाखेल युवा क्लबले पनि १–१ बराबरी खेले । १०औं मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेलको अग्रता बनाएका थिए । तर च्यासलका छिरिङ गुरुङले ३२औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याएका थिए । यसपछि दुबै पक्षबाट गोल हुन नसकेपछि १–१ अंकको भागीदार भए । यो सँगै च्यासलले १३ खेलबाट १६ अंक जोडेर आठौं स्थानबाट लिग समापन ग¥यो । जावलाखेलले भने १३अंकसहित १०औं स्थानबाट लिग अन्त्य गर्नुप¥यो ।