‘उद्योगी र अधिकृत बिक्रेता बराबरीकै हैसियतका हुन्’

0
Shares

नेपाल समाचारपत्र, हेटौंड
अधिकृत बिक्रेताहरुले नेपालमा उद्योग, बहुर्राष्ट्रिय कम्पनी, आयातकर्ता र बितरकको भँमिका र बिक्री बितरण प्रणालीको सही व्यवस्थापन नअपनाइएका कारण व्यापारिक साझेदारीको हैसियतभन्दा मालिक र नोकरको मानसिकताबाट ग्रस्त भएको गुनासो गरेका छन् ।

उनीहरुले जबसम्म बितरकलाई नोकरको मानसिकताबाट हेरिन्छ, तबसम्म व्यवसाय अभिवृद्धिको साटो एकापसमा स्वार्थमात्र प्रेरित भइरहने बताएका छन् ।

उद्योग, कम्पनी, आयातकर्ताले आफ्नो लगानी सुरक्षार्थ बैंक ग्यारेन्टी र नगदमा मात्र कारोबार गर्नुपर्ने भए पनि बितरक व्यवसायीले बजारमा बाँकीमा बितरण गर्नुपरिरहेको अवस्थाले लगानीमा जोखिम उठाउनुपरेको बाध्यात्मक अवस्था उल्लेख गरेका छन् ।

देशका अधिकृत बिक्रेताको छाता संगठन नेपाल अधिकृत बिक्रेता महासंघको हेटौंडामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष डम्बरबहादुर थापाले कुनै राष्ट्रको सर्वाङ्गीण विकासमा देशको राजनीतिले प्रभाव पार्ने भन्दै नेपाल लामो राजनीतिक अस्थिरताबाट गुज्रनुपरेको पीडा हाम्रासामु ताजै रहेको बताउनुभयो ।

‘हाम्रो उद्योग व्यवसाय र सिंगो वाणिज्य क्षेत्र देशको अशान्ति, अमनचयन र अस्थिरताको शिकार हुन पुगेकोमा विडम्बना बन्न पुग्यो,’ उहाँले राज्यको आर्थिक मेरुदण्डका रुपमा रहेका उद्योग, व्यापार र वाणिज्य क्षेत्रले समुचित प्रगति गर्न नसकेको बताउनुभयो । बन्द, हड्ताल, चन्दा आतंक र संरक्षित गुण्डागर्दीको चपेटामा उद्योग तथा वाणिज्य क्षेत्र प्रताडित हुन पुगेको उहाँको दाबी छ ।

‘राज्यको कर र राजस्व संकलनमा अग्रणी भँमिका निभाउँदै आएका निजी क्षेत्रका बितरक व्यवसायी संविधानप्रदत्त स्वतन्त्रतापँर्वक गरिखान पाउने हक र अधिकार कुण्ठित हुनुपरेको छ,’ उहाँले भन्नुभयो ।
‘देशको आन्तरिक कर र राजस्वबाट मात्र राज्य चल्ने स्थितिमा छैन ।

रेमिट्यान्सको भरमा मुलुक चलिरहेको अवस्था छ । तसर्थ, दिगो आर्थिक विकास निम्ति यस्तो परिस्थिति डरलाग्दो आर्थिक परिदृश्यबाट अगाडि बढिरहेको छ,’ उहाँले थप्नुभयो–‘राज्यले व्यापारी भनेका नाफाखोरमात्र हुन् भन्ने र व्यवसायीले आफँलाई नाफाखारीमात्र नभएर राष्ट्रका असल र जिम्मेवार नागरिक एवम् व्यवसायीसमेत हौं । र मुलुकको विकास, निर्माण र समृद्धिका साथै सामाजिक उत्तरदायित्वमा राष्ट्रका महŒवपँर्ण साझेदार हौं भन्ने भावना विकास गर्न आग्रह गर्छु ।

अध्यक्ष थापाले स्वदेश तथा विदेशका उत्पादन र आयातित सम्पँर्ण उत्पादन बिक्री बितरणबाट संकलित मँल्य अभिवद्धि कर र मँल्य अभिवृद्धि करले निश्चित गरेको पारदर्शी कारोबारबाट देखिन आएको आयकर, सामाजिक सुरक्षाकर र राज्यले तोकेका विभिन्न कर र राजस्व संकलन गरी राज्य तथा आमउपभोक्ता माझ सेवा पु¥याउँदै हजारौंको संख्यामा रोजगारीका अवसर प्रदान गरेर राज्यलाई आर्थिक समृद्धिमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले अधिकृत बिक्रेताहरु पीडैपीडामा बाँच्नुपरेको गुनासो गर्नुभयो । ‘यस्तो प्रकृतिको व्यवसायलाई राज्यले स्पष्ट सम्बोधन गरेको छैन । मुलुकको विद्यमान कानुनमा यस्तो प्रकृतिको व्यवसायलाई एजेन्टको परिभाषाद्वारा पारिभाषित हुनुपरेकोमा लघुताभाष भएको छ,’ उहाँले गुनासो गर्नुभयो ।

कार्यक्रममा ३५ जिल्लाबाट २ सय ५० प्रतिनिधि तथा १ सय ५० पर्यवेक्षक सहभागी भएको जनाइएको छ ।