भारत सिरिज जित्ने धुनमा


सिड्नी, (एजेन्सी)
भारतले चौथो तथा अन्तिम टेस्टको दोस्रो दिन पनि अस्टे«लियन बलरमाथि दवाव राख्दै अस्टे«लियाको भुमिमा पहिलो सिरिज जित्ने छनक देखाएको छ।

२–१ को अग्रतामा रहेको भ्रमणकारी टोलीले पहिलो इनिङ ७ विकेटको नोक्सानीमा ६ सय २२ रनमा समाप्तको घोषणा गरेको थियो । यसको जवाफमा अस्टे«लियाले शुक्रबारको खेल समाप्तिसम्म २४ रन बनाएको छ । घरेलु टोलीका सबै विकेट सुरक्षित रहेका छन् । ख्वाजा उस्मान ५ रनमा र मार्कस हेरिस १९ रन जोडेर क्रिज सम्हालिरहेका छन् ।

भारतको तर्फबाट पहिलो दिन सतक प्रहार गरेका चेतेश्वर पुजाराले सर्वाधिक १ सय ९३ रन जोडेका थिए । उनी टेस्ट करियरको चौथो दोहोरो सतक पुग्न तरखरमा रहँदा आउट भए । ९ घण्टा क्रिजमा रहेका उनलाई नाथन लायनले आफनै बलिङमा क्याच आउट गरेका थिए । पुजाराको यो सिरिजमा तेस्रो सतक थियो ।

यसपछि रिषभ पन्त र रवीन्द्र जडेजाले सातौं विकेटका लागि २ सय ४ रनको साझेदारी गर्दै टोलीको स्कोर ६ सय रनमा पुर्याएका थिए । पन्त १५९ रनमा नटआउट रहे । योसँगै उनी अस्टे«लियामा सतक प्रहार गर्ने पहिलो भारतीय विकेटकिपर बने । पन्तको यो करियरको दोस्रो टेस्ट सतक हो । रवीन्द्र जडेजा ८१ रनमा आउट भएपछि कप्तान विराट कोहलीले इनिङ समाप्त गरेका थिए । अस्टे«लियन बलरमा लायनले १ सय ७८ रन खर्चेर ४ विकेट हात पारेका थिए ।