बुम महिला बास्केटबल शनिबारदेखि


कठमाडाैं ।

नेसनल क्रिएटिभ को–एजुकेसनल स्कुल (एनसीसीएस) र विशाल मिलन केन्द्र (बीएमके) को संयुक्त आयोजनामा तेश्रो बुम महिला बास्केटबल प्रतियोगिता पुष २१ गते शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहने कार्यक्रम संयोजक एवं एनसीसीएसका बास्केटबल प्रशिक्षक राजु आचार्यले जनाएका छन् । प्रतियोगितामा डिफेन्डि च्याम्पियन साइपाल, एनसीसीएस, बीएमके, काठमाडौं नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोविनमा शीर्ष ४ स्थान हात पार्ने टिम मध्ये पहिलो र दोश्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले पुनः फाइनल पुग्न तेश्रो र चौथो स्थानको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा राष्ट्रिय टिममा रहेका १२ खेलाडी बाहेक सबैलाई सहभागिता खुला गरिएको प्रशिक्षक आचार्यले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेलहरु चण्डोलस्थित बीएमकेको कोर्टमा हुनेछ ।