पुजाराको सतकमा भारतको सानदार शुरुवात


सिड्नी, (एजेन्सी)
भारतले अस्टे«लियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा चेतेश्वर पुजाराको सतकको सहयोगमा सानदार शुरुवात गरेको छ । सिडनी क्रिकेट मैदानमा बिहीबारको खेल समाप्तिसम्म भारतले ४ विकेटको नोक्सानीमा ३ सय ३ रन बनाएको हो । क्रिजमा पुजारा १ सय ३० रन नटआउट रहेका छन् । उनलाई हनुमा बिहारी (३९ रन) ले साथ दिइरहेका छन् । यी दुई ब्याटसम्यानले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरेका छन् ।

पुजारीले जारी सिरिजमा तेस्रो सतक प्रहार गरेका हुन् । यसअघि उनले एडिलेड टेस्टमा १ सय २३ रन र मेलबर्न टेस्टमा १ सय ६ रन जोडेका थिए । यी दुबै टेस्ट भारतले जितेको थियो । उनले सतक प्रहार नगरेको दोस्रो टेस्टमा भने भारत पराजित भएको थियो । सिरिजमा भारत २–१ को अग्रतामा रहेको छ । भारतले पहिलो पटक अस्टे«लियाको भुमिमा सिरिज जित्ने तरखर गरिरहेको छ ।

यसअघि भारतीय कप्तान विराट कोहलीले टस जितेर पहिलो ब्याटिङ गर्ने लिएको थियो । जसमा ओपनर लोकेश राहुलले ९ रनमा जोस हेजलवुडको बलिङमा शाउन मार्शलाई क्याच ठमाए । यसपछि ओपनर मायंक अग्रवाल र पुजाराले स्कोर १ सय २६ रनसम्म पु¥याउँदा मायंक आउट भए । ७७ रन बनाएका मायंक नाथन लायनको सिकार भए । कप्तान कोहली २३ रनमै हेजलवुडद्वारा आउट हुँदै पवेलियन फर्केका थिए । आजिन्क्य रहाणे पनि १८ रनमै आउट भएका थिए ।