मणि शाहको स्मृतिमा पुरस्कार


काठमाडौं, (नेस)
जारी सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट हुने युवा खेलाडीलाई मणि विक्रम शाह युवा खेलाडी अवार्ड गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार यसै सालको वैसाखमा असामयिक निधन भएका मणिको स्मृतिमा पुरस्कार प्रदान गरिन लागेको हो । यो अवार्ड पाउने खेलाडीलाई १ लाख नगद पुरस्कार दिइनेछ । मणि आफनो समयमा युवामाझ अत्यधिक लोकप्रिय भएका खेलाडी हुन् ।