म्यानचेस्टर युनाइटेडको चौथो जित


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले जितको नतिजा निकालेको छ ।

युनाईटेडले न्युक्यासल युनाइटेडलाई उसकै घरेलु मैदान सेन्ट जेम्स पार्कमा २–० गोलअन्तरले स्तब्ध पा¥यो । कार्यवाहक प्रशिक्षक ओले गनर सोल्सजरको नेतृत्वमा युनाइटेडले यो समेत लगातार चौथो जित हासिल गरेको छ । टोलीलाई जित दिलाउन वैकल्पिक खेलाडी रोमेलु लुकाकु र मार्कस रास्फोर्डले गोल गरेका थिए ।

खेलको ६४ औं मिनेटमा स्थापन्न खेलाडीको रुपमा मैदान प्रवेश गरेको ३८ सेकेन्डमै लुकाकुले गोल गर्दै युनाइटेडलाई १–० को अग्रतामा राखेका थिए । रास्फोर्डको शसक्त फ्रिकिक प्रहार न्युक्यासलका गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा लुकाकुले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गरेका थिए ।

यसैगरी खेलको ८० औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडको २–० को जित सम्भव पारे । जितपछि युनाइटेडको २१ खेलबाट ३८ अंक भएको छ ।
बुधबारै भएको अर्को खेलमा चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरीपछि चेल्सीको २१ खेलबाट ४४ अंक पुगेको छ । प्रिमियर लिगअन्तर्गत भएका अन्य खेलमा क्रिष्टल प्यालेसले वोल्भ्सलाई २–० ले हराउंदा बर्नलेले हडर्सफिल्डलाई २–१ ले पराजित ग¥यो ।