हुलाक बैंकमा बचत गर्नेको भीड

0
Shares

सरिता चलाउने
सल्यान
विगतमा चिठीपत्र पठाउन सेवाग्राहीको भीडभाड हुने हुलाक कार्यालयमा आजभोलि निकै कम हुने गरेको छ । आधुनिक सञ्चार प्रविधिको विकासलाई पछ्याउन नसक्दा कुनै समय निकै भीडभाड हुने कार्यालय आजभोलि हुलाक बैंकमा बचत गर्न आउनेको भीड लाग्ने गरेको छ ।

चिठीपत्रको आदानप्रदान गराउँदै आइरहेको कार्यालय अहिले प्रविधिको विकाससँगै आफँलाई बदल्न नसक्दा केही समस्या आएको जिल्ला हुलाक कार्यालयका प्रमुख धीरेन्द्र भण्डारीले बताउनुभयो। ‘हो हिजोसम्म हुलाक कार्यालयले सर्वसाधारण र सरकारी कार्यालयका महत्वपँर्ण सामान र चिठीपत्र ओसारपसार गर्दथ्यो, जसका कारण धेरै भीडभाड पनि हुन्थ्यो’ उहाँले भन्नुभयो ‘तर आजभोलि चिठीपत्रको जमाना हराएको छ त्यसको ठाउँमा हुलाक बैंकले स्थान लगेको छ । ’

पहिले चिठीको माध्यमबाट सँचना आदानप्रदान हुन्थ्यो तर अहिले इन्टरनेट, मोबाइल, इमेल जस्ता प्रविधिको विकासले हुलाक कार्यालयलाई केही असर परेको प्रमुख भण्डारीले बताउनुभयो । पुरानै ढाँचामा हुलाक कार्यालय चल्न नसक्ने भएकाले हुलाक सुधार कार्यदल निर्माण भई कार्य योजनासमेत बनिसकेकाले यसको जिम्मेवारीमा पनि विविधता आउने उहाँको भनाइ छ ।
सँचना आदानप्रदानको काम घटे पनि सँचनाको हक कार्यान्वयन भए नभएको अनुगमन गर्ने, स्थानीय रेडियो, टेलिभिजनको नवीकरण तथा रोयल्टी संकलन गर्ने, स्थानीय सञ्चार माध्यमबाट लोककल्याणकारी विज्ञापन तथा सँचना बजे नबजेको अनुगमन गर्ने, लोकसेवा आयोगको राजस्व संकलन गर्ने लगायतका कार्य गर्दै आइरहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हुलाक कार्यालयको काम भनेको चिठीपत्र आदानप्रदान गराउने होइन त्यो सँगसँगै सरकारी कार्यालयहरूले जनताप्रति उत्तरदायी भएर काम गरेका छन् छैनन् त्यसको अनुगमन गर्ने, सँचनाको हक कार्यान्वयन भए नभएको अनुगमन गर्ने लगायतका कार्य पनि गर्दै आइरहेको छ ।’

जिल्लामा १ जिल्ला हुलाक, ९ इलाका हुलाक र ३७ अतिरिक्त हुलाकका माध्यमबाट सँचना, हुलाकी चिठीपत्र, पत्रपत्रिका कागजात आदानप्रदान हुँदै आइरहेका थिए । अहिले जिल्ला हुलाकले ग्रामीण भेगका साना साना पँँजीहरूलाई संकलन गरेर ब्याजदरमा कारोबार गर्ने उद्देश्यले सर्वसाधारणका लागि हुलाक बचत बैंक सञ्चालनमा ल्याएको छ । सर्वसाधारणका लागि ६ प्रतिशत र ज्येष्ठ नागरिकका लागि ७ प्रतिशतसम्म ब्याजदर दिने गरेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । हुलाक बचत बैंकमा खाता खोलौं, बचत गर्ने बानी बसालौं भन्ने नारा रहेको बैंकमा रु १०० देखि १० लाखसम्मको खाता खोल्न सकिने व्यवस्था रहेको छ ।