संकटाले ३५ लाख सुरक्षित गर्यो


नेपाल समाचारपत्र, काठमाडौं
संकटा क्लबले जारी ए डिभिजन लिगमा दोस्रो स्थान हात पार्दै ३५ लाख पुरस्कार सुरक्षित गरेको छ ।

बुधबार एन्फा मैदानमा भएको खेलमा संकटाले ललितपुरको थ्रीस्टार क्लबलाई २–१ ले हराएको हो । यो जितसँगै संकटाले १२ खेलबाट २८ अंक जोड्दै लिगमा दोस्रो स्थानमा रहने पक्का ग¥यो । थ्रीस्टारले भने यो हारले तेस्रो स्थानको लागि अन्तिम खेलमा जित्नै पर्ने दवाव बढेको छ । थ्रीस्टारको २३ अंक रहेको छ भने आर्मीको २२ र एपीएफको २० अंक छ ।

संकटाको जितमा दुबै गोल पेनाल्टीमार्फत् आएको थियो । जसलाई दुबै पटक अमित तामाङले गोलमा परिणत गरेका थिए । त्यसो त खेलमा थ्रीस्टारले अग्रता लिएको थियो । ३०औं मिनेटमा रञ्जन विष्टले गोल गरेका थिए । तर यो अग्रता पहिलो हाफ सकिन लाग्दा तोडियो । पेनाल्टी क्षेत्रमा सुनील बलले सौजन राईलाई फाउल गरेपछि रेफ्रीले सीधै पेनाल्टीको सिटी फुकेका थिए । ४२औं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई अमितले कुनै गल्ती नगरी गोलमा परिणत गरे । योसँगै संकटाले पहिलो हाफ १–१ बराबरीमा सकायो ।

यसैगरी दोस्रो हाफमा पनि संकटाले पेनाल्टी प्राप्त गर्दा सौजन नै कारक बने । उनलाई पिटर सेगुनले ६४औं मिनेटमा पेनाल्टी क्षेत्रमा लडाएका थिए । जुन पेनाल्टी मौका प्राप्त गर्दा संकटाका लागि अमितले नै गोल गरे । योसँगै संकटाले खेलमा पहिलो पटक २–१ को अग्रता लियो । यसपछि बाँकी समयसम्म गोल नहुँदा संकटाले जारी लिगमा नवौं जित हात पा¥यो । टोलीले १२ खेलमध्ये २ खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो ।

यसअघिको खेलमा मनाङ मस्र्याङदी क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ ले हराएर लगातार १२औं जित हात पा¥यो । यसअघि ११औं चरणमा संकटालाई हराएर जारी लिगको च्याम्पियन बनिसकेको मनाङले सतप्रतिसत नतिजा निकालिरहेको छ । मनाङले अन्तिम खेल फ्रेन्डस् क्लबसँग खेल्न बाँकी छ। यदि यो खेल पनि जितेमा मनाङले सत प्रतिसत नतिजासँगै च्याम्पियन बन्ने कीर्तिमान राख्नेछ ।

मनाङका लागि ३६औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै अग्रता दिलाएका थिए । उनको यो जारी लिगमा सातौं गोल हो । तर विश्वास श्रेष्टले ४५औं मिनेटमा गोल गर्दै शेर्पालाई १–१ बराबरीमा फर्काए । यस्तै विशाल राईले ६३औं मिनेटमा गोल थपेर च्याम्पियनलाई २–१ को अग्रतमा राखेका थिए । यसको ६ मिनेटपछि विश्वास रातो कार्ड खाँदै बाहिरिए भने मोहमद आसिफ पनि रातो कार्डसँगै बाहिरिएका थिए । दुबै टोली १० खेलाडीमा सीमित भएको थियो । खेलको बाँकी समयमा थप गोल नहुँदा मनाङले १२औं पटक स्पष्ट ३ अंक जोड्दै कूल ३६ अंक बटुलेको छ । शेर्पा भने १७ अंकसहित सातौं स्थानमा रहेको छ ।

 

१२औं चरणपछिको अंकतालिका
टोली खेल जित बराबरी हार गोल गरेको गोल बेहोरेको अंक
मनाङ मस्र्याङदी १२ १२ ० ० २३ ६ ३६
संकटा १२ ९ १ २ २० १३ २८
थ्रीस्टार १२ ७ २ ३ १९ ११ २३
त्रिभुवन आर्मी १२ ६ ४ २ १८ ८ २२
एपीएफ १२ ६ २ ४ १८ १३ २०
पुलिस १२ ५ ३ ४ १८ ११ १८
हिमालयन शेर्पा १२ ५ २ ५ १५ १३ १७
च्यासल १२ ४ ३ ५ १६ १४ १५
सरस्वती १२ ४ १ ७ ११ १९ १३
जावलाखेल १२ ३ ३ ६ ९ १४ १२
ब्रिगेड ब्वाइज १२ २ ३ ७ १२ २१ ९
फ्रेन्डस् १२ २ ३ ७ १२ २५ ९
मच्छिन्द्र १२ १ ४ ७ ११ २१ ७
एनआरटी १२ १ ३ ८ १२ २५ ६

गोलकर्ता ( ५ गोलदेखि)
७ आफिज ओलावाले (मनाङ)
६ रजीन धिमाल (थ्रीस्टार), विश्वास श्रेष्ठ (शेर्पा)
५ अन्जन विष्ट (मनाङ), रन्जन विष्ट (थ्रीस्टार), युवराज खड्का (एपीएफ), अमित तामाङ (संकटा), भरत खवास (आर्मी),