गोदामै थन्कियो ३० हजार क्विन्टल चिनी

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
सरकारले भारतबाट आउने चिनीमा प्रतिबन्ध लगाए पनि स्वदेशी चिनी मिलमा रहेको चिनी बिक्री नभएर थन्किएको छ । चिनीमा रोक लगाउनुपँर्व सस्तोमा आयात गरिएको चिनीका कारण एक नम्बर प्रदेशको एकमात्रै इस्टर्न सुगर मिलमा गत वर्षकै चिनी नबिकेर थन्किएको हो । इस्टर्न सुगर मिलमा गत वर्ष नै उत्पादन गरिएको ३० हजार क्विन्टल चिनी बजार नपाएर थन्किएर रहेको छ ।

विगतमा सरकारले चिनी आयातमा कडाई नगरेका कारण उताबाट सस्तो मँल्यमा नेपालमा चिनी भित्रिएका कारण इस्टर्न सुगर मिलमा अहिले पनि चिनी थन्किएर रहेको छ । चिनी बिक्री हुन नसक्दा समयमै उखु कृषकलाई पनि भुक्तानी दिन समस्या भएको छ भने सख्खर पनि बिक्री हुन नसकेकाले समस्या भएको इस्टर्न सुगर मिलका उखु प्रबन्धक सुरेशप्रसाद मेहेताले बताउनुभयो ।

‘एकातर्फ कृषक उखु लिएर आउँछन् र मिलले लिएन भन्छन् तर मिलमा रहेको चिनी नै बिक्री हुन सकेको छैन ।’ उहाँले भन्नुभयो–‘मिलका गोदाम भरिएका छन् चिनी बिक्री नगरी कसरी खरिद गर्न सकिन्छ ।’ मिल घाटामा गएकाले चैत १५ गतेदेखि सञ्चालनमा आउन सकेको छैन ।

प्रत्येक वर्ष मिल सञ्चालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारी राखेर सबैको सहमतिमा उखुको समर्थन मँल्य सरकारले तोक्नुपर्नेमा त्यो पनि सरकारले गर्न नसकेको मिलको भनाइ छ । चिनी बिक्री नहँुदा मिल सञ्चालक एकातिर तनावमा रहेका छन् भने अर्कोतर्फ कृषकले सरकारले तोकेको समर्थन मँल्य नपाउँदा पेशाबाट पलायन हुने अवस्था रहेको बताएका छन् । पाकिस्तानले नेपाल सरकारलाई २ लाख ५० हजार मेट्रिक टन चिनी अनुदानमा उपलब्ध गराएपछि मिलमा गत वर्षकै चिनी नबिकेर थन्किएको मेहेताले बताउनुभयो ।

यस्तै मिलमा अहिले पनि ४३ हजार क्विन्टल खुदो थन्किएर रहेको छ । सरकारले उखुको समर्थन मँल्य प्रतिक्विन्टल ५ सय ३० रुपियाँ गत वर्ष नै तोकेको हो । यो वर्ष सरकारले मँल्य तोकेको छैन । यता उखु कृषकले भने लागत अनुसार उखुको मँल्य र भुक्तानी नपाउने, तथा समयमा मिल नखुलाउँदा उखु सुकेर जाने लगायतका समस्याका कारणले उखु खेतीबाट नैराश्यता छाएको बताएका छन् । मोरङ जहदाका उखु किसान मोहम्मद सिद्धिकीले परिवार चल्छ भनेर दुःख ग¥यो मेहनत गरेर उत्पादन गरेको उखु समेत लिँदैनन, न हामीलाई सरकारले नै हे¥यो नत मिल सञ्चालकले नै हेरे,’ उहाँले भन्नुभयो –‘अब पनि किन र कसका लागि उखु खेती गर्नु,भनेको बेला किन्दिदैनन्, त्यसमाथि पैसामा उनीहरुको आफ्नै बार्गेनिङ छ ।’

सरकारले गत वर्ष तोकेको मँल्य अनुसार किसानलाई मँल्य दिन नसक्ने मिलको भनाइ छ । सरकारले चिनी आयातमा रोक लगाएको भए पनि व्यापारीले गत वर्ष नै पाकिस्तान सरकारले अनुदानमा पाकिस्तानबाट चिनी आयात गरेर भण्डारण गरेका कारण आफँहरूको चिनी गोदाममा थन्किरहेको मिलको भनाइ छ । यो वर्ष किसानले प्रतिक्विन्टल ३ सय ८५ रुपियाँमा उखु दिएमात्रै खरिद गर्ने मिलले जनाएको छ ।