नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण गर्दा साढे ६ हजार रुख काट्नुपर्ने

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजान अन्तर्गत रक्सौल–अम्लेखगन्ज सडक खण्डमा पर्ने ६ हजार ५ सय ६३ रुख कटान गर्नुपर्ने जिल्ला वन कार्यलय पर्साले लगन संकलनबाट स्ष्पट भएको छ । पाइपलाइन क्षेत्रमा पर्ने साढे आठ किलोमिटरको जंगल क्षेत्रमा पर्ने भएकाले उक्त परिमाणमा रुख कटान गर्नुपर्ने भएको हो ।

‘विभागको महानिर्देशकसमक्ष ६ हजार ५ सय ६३ रुख कटान गर्नुपर्ने जानकारी गराएका छौं, उहाँले चाँडै यसबारे निर्णय लिइने आश्वासन दिनुभएको छ।’ नेपाल आयल निगमका पाइपलाइन संयोजक भानु खनालले नेपाल समाचारपत्रलाई बताउनुभयो । वन क्षेत्र रुख कटानको स्वकृति पाएसँगै नेपाल टिम्वर कर्पाेरेशनले रुख कटानको काम अगाडि बढाउनेछ । यसअघि पाइपलाइन विस्तार गर्ने बाटोमो ५ हजार ८ सस ८५ रुख कटान गर्नुुपर्ने तथ्यांक वातावरण प्रभाव मँल्याकनको प्रतिवेदनमा उल्लेख थियो ।

सडकको मध्य विन्दँबाट २५ मिटरसम्मको जंगलको भाग पर्नेछ १८ मिटरभन्दा माथिका केही भागका मात्र रख कटान गर्नुपर्ने निगमको भनाइ छ ।
६ किलोमिटरसम्म ड्रिलिङ (होरीजेन्टल डारेक्सनल) गरिसकेको छ भने जीतपुर परवानीपुर जंगलमा २ किलोमिटर ड्रिल गर्नुपर्ने पाइपलाइन परियोजनाका इन्जिनियर शरद पौडेलले बताउनुभयो ।

नेपाल आयल निगमले करिब ८ महिना अगाडिबाट पाइप बिछ्याउन शुरू गरेको थियो। निगमले बाराको जीतपुरबाट पाइप बिछ्याउने काम थालेको थियो। बिच्छाएको पाइपलाइनबाट पहिलो चरणमा डिजेल आयात गरिने निगमले जनाएको छ।

मोतिहारी–अमलेखगन्ज हुँदै पाइपलाइन विस्तार हुनेछ। मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज ३६ दशमलव २८ किलोमिटर रहेको छ। भारतीय भागको २ किलोमिटरमात्र पाइप बिच्छाउने काम बँँकी रहेको छ । जसलाई एक महिनामा पँरा गर्ने लक्ष्य लिइएको छ ।

१६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ टंयाङकीलाई पनि स्तरोन्नती गरी स्टेसन तयार गरिँदै छ । ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका २ ट्याङकीको स्तरोन्नती गर्न लागिएको हो ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये भारतीय आयल निगम (आईओसी) को २ अर्ब र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। भारतको बरैनी नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतिहारीमा नै आईओसीले डिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्नेछ । भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ।

काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने लक्ष्य राखिएको थियो । सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो ।