बिजुली मोह

0
Shares

सरकारले बिजुली बस किन्ने भएछ त्यो पनि आफ्नै लगानीमा। काठमाडौं उपत्यकाको बढ्दो प्रदूषण र ट्राफिक जाम घटाउन ३ सयवटा बस किन्ने रे। सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यस्तो योजना अघि सारिएको एक मन्त्रीले बिहीबार सिंहदरबारमा यस्तै बताए।

कुरो प्रस्ट बुझियो, आफ्नै लगानी भएसीचाहिँ बिजुली बसको आयु लामो हुन्छ भन्ने सरकारी बुझाइ रैछ। आफ्नै लगानी चाहिन्छ भन्ने पाठचाहिँ ट्रलीबसले सिकाएको होला। हैन, भने त ट्रली अहिले पनि टकाटक चल्या हुनुपर्ने। बिजुली गाडी अनि सडकमा गुड्नेचाहिँ कहिलेदेखि ?

अस्ति खै कहिले निकै ठूलो तामझामका साथ ललितपुरको पुल्चोकमा बिजुलीबस उद्घाटन भाथ्यो क्यार। धरहराले धेरैतिर दूरविन दौडायो तर कहीं पनि ती बस गुड्या देख्दै देख्दैन भन्या। दूरविन पुरानो भएर पो हो किरु अनि पीएम ओलीले विराटनगर हो कि खै कता हो, घर–घरमा ग्यासको पाइप लाइन जोड्या थिए क्यार। त्यसको खबरचाहिँ के छ कुन्नि ?