ँनेपाल प्रवेश गर्ने मालबाहक गाडी रोकिने छैन”

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको १९ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ।

महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न आफ्नो सरकारले काम थालेको बताउनु भएको छ। भेटमा मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको भन्दै यसका लागि आवश्यक निर्देशनसमेत दिइसकेको बताउनुभएकोे महासंघले जनाएको छ।

‘भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म म आफंै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्नेछु। नेपाल–भारतबीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक छ,’ नेपाली प्रतिनिधिमण्डलले राखेका समस्याको जवाफ दिँंदै मुख्यमन्त्री योगीले भन्नुभयो। भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेटभन्दा बढी रोकिन नहुने उहाँको भनाइ थियो। साथै, गौरीफण्टा र अलिगढवा सीमा नाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने उहाँले बताउनुभयो। नेपालको विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताउँदै योगीले नेपालगञ्ज—कैलाश तीर्थ यात्राको विकासका लागि आवश्यक सहयोग गर्ने बचन समेत दिनुभयो। ‘नेपालगञ्ज—कैलाश मार्ग बलियो बनाउनुस्, आवश्यक सहयोग गर्न हामी तयार छौं,’ उहाँले भन्नुभयो। त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पु¥याउनका लागि आवश्यक प्रवद्र्धन गर्ने बचन दिंँदै योगीले आगामी सिजनको तीर्थयात्राको उद्घाटन गर्न अध्यक्ष राणाले दिएको निम्ता समेत स्वीकार गर्नुभयो।

नेपाल र भारतबीचको व्यावसायिक सम्बन्धलाई अझ उचाईमा पु¥याउन प्रतिनिधिमण्डलको आदान प्रदानलाई अझ घनिभूतरूपमा अगाडि बढाउनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो। एफएनसीसीआईका अध्यक्ष राणाले दुई मुुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महŒवपूर्ण हुने बताउनुभयो।

‘नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ। त्यसैले दुई मुलुकबीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान–प्रदान हुन आवश्यक छ। खासगरी नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा हामीले उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेका छौं,’ अध्यक्ष राणाले भन्नुभयो। नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र नेपालमा लगानी गर्न पनि राणाले आह्वान गर्नुभयो। दुई मुलुकबीच पर्याप्त मात्रामा प्रसारणलाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।