क्याम्ब्रिजलाई उपाधि


काठमाडौं, (नेस)
क्याम्ब्रिज पब्लिक स्कुल छैटौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ। विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा क्याम्ब्रिजले भ्याली भ्यु इङलिस स्कुललाई १–० गोलले पराजित ग¥यो। उपाधिसंगै क्याम्ब्रिजले २० हजार र भ्याली भ्युले १० हजार नगद पुरस्कार हात पारे।