मनाङको लगातार दशौं जित


नेपाल समाचारपत्र, काठमाडौं
जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा मनाङ मस्र्याङदी क्लबले लगातार दशौं जित दर्ता गरेको छ।
प्रतियोगिताअन्तर्गत आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मनाङका लागि आडिलेजे सोमिडेले गरेको गोल नै निर्णायक सावित बनेको थियो। सोमिडेले खेलको ५२औं मिनेटमा हेमन गुरुङको लामो पासमा डिफेन्डर र गोलरक्षकको जिल्याउँदै गोलमा परिणत गरेका थिए।

जितसँगै मनाङले ३० अंकसहित शीर्षस्थानमा रहँदै संकटामाथि ५ अंकको स्पष्ट अग्रता लिएको छ। मनाङ आठौं लिग उपाधि हात पार्न एक जित टाढा छ। पुस १२ गते हुने खेलमा मनाङले संकटासँग खेल्नेछ। यो ११औं चरणको खेलमा जितेमा मनाङले यस सिजनको लिग उपाधि जित्नेछ।

एपीएफसँग स्तब्ध आर्मी
यसअघि भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको थियो। आर्मीे एपीएफसँग २–१ ले स्तब्ध भएको हो। आर्मीविरुद्ध एपीएफलाई महŒवपूर्ण जित दिलाउन आशिष लामाले दुई गोलको योगदान गरेका थिए। यता नवयुग श्रेष्ठले एक गोल फर्काए पनि आर्मीलाई हारबाट जोगाउन भने पर्याप्त भएन। एपीएफसँगको हारपछि आर्मी १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा एपीएफले १७ अंक जोडेको छ।