एक सेकेन्डले विजेता बने कार्की


हेटौंडा, (नेस)
हेटौंडामा शनिबार भएको १० किलोमिटर खुला दौडको उपाधि नेपाली सेनाका मिलन कार्कीले जितेका छन्। प्रतियोगिताको निर्धारित दूरी ३६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै कार्कीले नगद १० हजार प्राप्त गरे। सेनाकै राजन तामाङ ३६ मिनेट ५५ सेकेन्डमा दौड पूरा गर्दा १ सेकेन्डले दोस्रो स्थानमा रहेका थिए। उनले ७ हजार रुपियाँ हासिल गरे। तेस्रो स्थान रहेका भेट्रान धावक धर्म महर्जनले ३७ मिनेट ३६ सेकेन्ड समयसहित नगद ५ हजार हात पारेका थिए।