ललितपुर पेट्रियट्स च्याम्पियन


ललितपुर पेट्रियट्सले गत संस्करणको नमिठो यात्रालाई मेट्दै यसपटक एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ।
शनिबार त्रिवि मैदानमा करिब २० हजार दर्शकका बीच भएको रोमाञ्चक फाइनल खेलमा ललितपुर पेट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १४ रनले हराएको हो। ललितपुरले १ सय ५६ रनको लक्ष्य दिएकामा भैरहवा १ सय ४१ रनमै समेटियो। १५औं ओभरसम्म नतिजा कता जाने भन्ने खुल्दुली थियो। तर ललितपुरका बलरले अन्तिम ५ ओभरमा शानदार बलिङ गरेपछि टोली च्याम्पियन बन्न पुगेको थियो।

१६औं ओभरको पहिलो बलमा पवन शराफले प्रतियोगितामै सर्वाधिक रन बटुलेका रवि इन्दर सिंहलाई कृष्ण कार्कीद्वारा क्याच आउट गराएका थिए। खतरनाक बनिरहेका रविले १ चौका र १ छक्कासहित २९ रन जोडे। उनी आउट हुँदा भैरहवा ४ विकेटको क्षतिमा १ सय ४ रनको योगफलमा थियो।

यसपछि १७औं ओभरमा ललित नारायण राजवंशीले कप्तान सरद भेषवाकर र मोहम्मद नाभिदलाई आउट गरेपछि भने नतिजा ललितपुरतिर ढल्कन शुरू भयो। शरद १ छक्काको सहयोगमा १४ रन र नाभिद २ चौकासहित १० रनमा आउट भएका थिए। यतिबेला भैरहवा ६ विकेट गुमाएर १ सय १७ रनमा थियो। कुशल मल्ल र रोहित पौडेलले टोलीको स्कोर १ सय ३९ सम्म पु¥याए। अन्तिम ओभरमा १६ रन लिन भैरहवाका यी दुवै ब्याटस्म्यानलाई बाउन्ड्री हान्नुपर्ने दबाब थियो। त्यस्तै ललितपुरका बलरमाथि किफायती बलिङ गर्न दबाब थियो।

दबाबमा पनि योगेन्द्रसिंह कार्कीले ललितपुरे टोली र हजारौं आफ्नो समर्थकलाई खुसी मनाउने गरी शानदार बलिङ गरे। उनले पहिलो बलमा रोहित ९७ रन० लाई ज्ञानेन्द्र मल्लद्वारा क्याचआउट गराउँदै पवेलियन फर्काए। तेस्रो बलमा ननस्ट्राइकर रूपमा रहेका कुशल मल्ल व्यक्तिगत १६ रनमा रनआउट भएका थिए।
चौथो बलमा भुवन कार्की २ रन लिने प्रयासमा गौरव तोभरद्वारा रनआउट हुन पुगे। अन्तिम २ बल डट भएपछि ललितपुरका खेलाडीले खुसी मनाए भने भैरहवाका खेलाडी निरास भएका थिए। गत संस्करणमा फाइनल हारेको तीतो क्षणलाई भैरहवाले यसपटक पनि स्वादिलो बनाउन सकेन।

भैरहवा ग्लाडियटर्सका ब्याटसम्यान रवि इन्दर सिंहले प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै आरटीआर १६० फोर भी मोटरसाइकल प्राप्त गरे।

भैरहवाका लागि ओपनर रायन टेन डोएसकाटे ९१४ रन० र प्रदीप ऐरीले शानदार सुरुआत गराएका थिए। विशेष गरी ऐरी आक्रमक देखिए। रायन पहिलो विकेटका रूपमा ललितको बलमा आउट हुँदा ३३ रनमा साझेदारी तोडियो। प्रदीप भने योगेन्द्रको बलिङ ध्वस्त गर्दै उनकै बलमा ज्ञानेन्द्रद्वारा क्याचआउट भएका थिए।

छैटौं ओभरमा उनले योगेन्द्रको बलमा १ छक्का र २ चौका प्रहार गरे भने छैटौं बलमा उनी आउट भएका थिए। उनले ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए। यस्तै आरिफ शेखले पवनको बलमा आउट हुनुअगाडि १२ रनको योगदान दिए। ललितपुरको बलिङमा ललितले १७ रन दिएर ३ विकेट लिएका थिए। यस्तै पवनले २६ रन खर्चेर २ विकेट हात पार्दा उति नै विकेट लिन योगेन्द्रले २९ रन दिएका थिए।

यसअघि ललितपुरले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ५५ रन जोडेको थियो। १७ दशमलव २ ओभरसम्म ५ विकेटमा १ सय ४५ रन बनाएको ललितपुरले अन्तिम ५ विकेट १० रन जोडेर गुमाएको थियो। टोलीका लागि विकेटकिपर ब्याटस्म्यान जयकिशन कोल्सावालाले सर्वाधिक ५७ रनको योगदान दिएका थिए। उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। अन्यमा सन्दीप झोराले २४ रन र गौरभ तोमारले २३ रन जोडेका थिए। अन्य ब्याटस्म्यानले खासै रन जोड्न सकेनन्। भैरहवाका बलरमा कृष्ण कार्कीले १५ रन दिएर ३ विकेट तथा रायनले २१ रन दिएर २ विकेट लिए। नाभिदले पनि २ विकेट लिएका थिए।