भलिबलको उपाधि आर्मीलाई


पोखरा, नेस
पोखरामा भएको चौथौ आरबीबी एनभीए पुरुष राष्ट्रिय भलिबल लिगको उपाधि त्रिभुवन  आर्मी क्लबले हात पारेको छ।
नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई १८–२५,२५–१९,२५–१८,१८–२५ र १७–१५ ले पराजित गर्दै उपाधि उचालेको हो। आर्मीले नगद २ लाख र एपीएफले नगद १ लाख रुपियाँ हासिल गरे। त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४,२५–१९ र २५–१५ को सेटमा हराएर नगद ५० हजार रुपियाँ जित्यो। मणिमुकन्दले २५ हजार रुपियाँ प्राप्त ग¥यो।