फाल्गुनन्द गोल्डकप पुसमै


पाँचथर, (नेस)
पाँचथरको सबभन्दा ठूलो धनराशी पुरस्कार भएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पुस २१ देखि फिदिम माविको खेल मैदानमा हुने भएको छ। फिदिम स्पोटिङ क्लबले आयोजना गर्ने दशौं संस्करणको सो प्रतियोगितामा यसपटक ‘ए’ डिभिजनका क्लबसहित १० वटा टिमले भाग लिने निश्चित भइसकेको फिदिम स्पोटिङ क्लबले जनाएको छ। प्रतियोगितामा विजेताले नगद ४ लाख ट्रफी र उपविजेताले नगद २ लाख पाउनेछ। प्रतियोगितामा ५२ लाख ७२ हजार खर्च हुनेछ।