भ्याली पब्लिक र चाँदबाग फाइनलमा


काठमाडौं, (नेस)
भ्याली पब्लिक र द चँँदबाग स्कुल प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा भ्याली पब्लिकले भद्रकालीलाई ५०–३५ ले हराउँदा सुमिना तामाङले १७ अंक जोडिन्। चाँदबागले ग्रिनल्यान्डलाई १४–१० ले हरायो। ब्वाइजमा स्काइलार्कले लालीगुराँसलाई ३७–२९ ले पराजित गर्दा हेमन्त मगरले १७ अंकको योगदान दिए।