गणेशमान सिंह स्मृति किक बक्सिङ शुरु


काठमाडौं, (नेस)
ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा बिहीबारदेखि शुरु भएको छ। पहिलो दिन पुरुष ५५ केजीमा एपीएफका शुभन नेपाली, नेपाल आर्मीका कान्ति लामा, सतुंगलका मनोज सुनुवार, काभ्रेका सुवास लिम्बू, एपीएफका तीर्थराज थापा, सितोरियोका जेनिश राई, आयोजकका कपिल रोक्का र आर्मीका महेश भुजेल आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरी क्वार्टरफाइनलमा पुगे।