भैरहवा ग्लाडियटर्स लगातार फाइनलमा


नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले पन्छाएर भैरहवा ग्लाडियटर्स जारी एभरेस्ट प्रिमियर लिग ९ईपीएल्० टी २० क्रिकेट प्रतियोगितको फाइनलमा पुगेको छ।
यो भैरहवाको प्रतियोगितामा लगातार दोस्रो फाइनलमा पुगेको अवसर हो। गत दोस्रो संस्करणमा भैरहवा फाइनलमा पुगेर पनि विराटनगर वारियर्ससँग हारेको थियो। यसपटक भैरहवाले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने फाइनल खेलमा ललितपुर पेट्रियट्ससँग उपाधिका लागि खेल्नेछ।

काठमाडौंले सोझ्याएको केवल १ सय १ रनको लक्ष्य भैरहवाले ४ विकेट गुमाएर १८ बल बाँकी राखेर भेटाएको थियो। टोलीलाई जित दिलाउन विदेशी खेलाडीको ब्याटिङ उल्लेखनीय र≈यो। रायन टेन डेस्काटेले ३८ बलमा ५ चौका प्रहार गर्दै ४५ रन जोडेका थिए। उनी १३औं ओभरको तेस्रो बलमा प्रदीप साहुको बलमा आउट भएका थिए।
यस्तै रवि इन्दर सिंहले पनि ३१ रनको महŒवपूर्ण योगदान दिएका थिए। जबकी नेपाली खेलाडी प्रदीप ऐरी ३ रनमा, आरिफ शेख ५ रनमा र कप्तान सरद भेषवाकर ६ रनमै पवेलियन फर्केर टोलीलाई निरास गरेका थिए। काठमाडौंका बलरमा सांसद शेखले २ तथा प्रदीप साहुले १ विकेट लिएका थिए। यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंको शुरूआत नै खल्लो भएको थियो। टोलीका ८ ब्याटसम्यान त दोहोरो अंकमा पनि पुग्न सकेनन्। जसका कारण टोली १ सय रनमै अलआउट हुनुप¥यो। भैरहवाको बलिङ र फिल्डिङ चुस्त भइदिँदा नै काठमाडौंको ब्याटिङ तहसनहस भएको थियो।

टोलीका शीर्ष चार ब्याटसम्यान ३७ रनका लागि आउट भएपछि नै काठमाडौंको शुरूअकात खराब भएको थियो। सन्दीप राजाली र प्रदीप साहुले पाचौं विकेटका लागि ३३ रन जोडेर ब्याटिङमा सुधार भएको सावित गर्न खोजे। तर साहु २५ रन जोडेर अविनास बोहराको शिकार भएपछि सन्दीपलाई कसैले साथ दिन सकेनन्। सन्दीप पनि व्यक्तिगत २७ रनमा पवेलियन फर्के। टोलीको ब्याटिङमा यी दुईले मात्र उत्कृष्ट ब्याटिङ पस्केका थिए।

भैरहवाका बलरमा कुशल मल्लले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ३ विकेट हात पारेका थिए। यसैगरी मोहम्मद नाभिदले २ विकेट लिँदा सरद र अविनासले १÷१ विकेट हासिल गरेका थिए।