त्रिज्योति च्याम्पियन


नेपाल समाचारपत्र, काठमाडौं
आयोजक त्रिज्योतिको ‘ए’ टोलीले प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा बिहीबार उपाधि जितेको छ।
कपनको फैकास्थित घरेलु मैदानमा भएको फाइनलमा त्रिज्योतिले बागमतीलाई ४–३ गोलले पराजित ग¥यो। विजेताका समिर राईले २ तथा लोकेन्द्र कुलुङले १ गोल गरे। एक गोल आत्माघाती र≈यो। बागमतीबाट तीनै गोल जतिन बरालले फर्काए। अपराजित त्रिज्योतिले लिगमा मान्डु र काठमाडौं शिक्षालय, क्वार्टरफाइनलमा शिशु मिलन तथा सेमिफाइनलमा लिटिल मुनलाई हराएको थियो।

विजेता टोलीका समिर राई उत्कृष्ट खेलाडी घोषित भए। गोलरक्षकमा लिटिन मुनका रविन तामाङ तथा प्रशिक्षकमा त्रिज्योतिका सुजन चाम्लिङ प्रशिक्षकमा उत्कृष्ट चुनिए। प्रतियोगिताभर २३ गोल गरेका लिटिल मुनका करण विक सर्वाधिक गोलकर्ता बने। छहारी र लिटिल मुनले संयुक्त रूपमा अनुशासित टिमको उपाधि हात पारे।
विजेतालाई उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे, त्रिज्योतिका चेयरम्यान केशवप्रसाद दंगाल, मानार्थ प्राचार्य डा। भगवान अर्याल, भाइस प्रिन्सिपल गणेशकुमार मिश्रलगायतले पुरस्कृत गरे।