राष्ट्र बैंकको ँलन्च मिटिङ” पछि ब्याजदर घट्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

व्यक्तिगत मुुद्दती निक्षेपतर्फ ९ दशमलव २५ र संस्थागत मुद्दती निक्षेपतर्फ ८ दशमलव ५ प्रतिशत कायम गर्ने र बचत खातामा ६ दशमलव ५ प्रतिशतमा सीमित गर्ने सहमति भएको छ। त्यस्तै न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दू राख्नुपर्ने भएको छ भनो कल डिपोजिटको ब्याज साढे ४ प्रतिशतमा झरेको छ।

नेपाल राष्ट्र बंैकको दबाबपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाउने भएका छन्। बिहीबार राष्ट्र बैंकले बोलाएको ‘लन्च मिटिङ’ पछि बैंकरहरूबीच मुद्दती निक्षेपको ब्याजदर ‘सिंगल डिजिट’मा झार्ने सहमति भएको हो।

स्रोतका अनुसार बैंकरहरूबीच अब व्यक्तिगत मुुद्दती निक्षेपतर्फ ९ दशमलव २५ र संस्थागत मुद्दती निक्षेपतर्फ ८ दशमलव ५ प्रतिशत कायम गर्ने र बचत खातामा ६ दशमलव ५ प्रतिशतमा सीमित गर्ने सहमति भएको छ। त्यस्तै न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दू राख्नुपर्ने भएको छ भनो कल डिपोजिटको ब्याज साढे ४ प्रतिशतमा झरेको छ।
ब्याजदर वृद्धिमा देखिएको प्रतिस्पर्धाका कारण वित्तीय क्षेत्रमा उच्छृखंलता देखिएको र मुलुकको समग्र अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएपछि राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०हरूलाई छलफलमा बोलाएको थियो।

मुद्रा र पुँजी बजारको विषयमा अध्ययन गर्न गठित कार्यदलले बुधबार बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने भनिए पनि बिहीबार राष्ट्र बैंकले बोलाएको बैठक ब्याजदर नियन्त्रण गर्न दबाब दिनु नै रहेको थियो।

अर्थमन्त्री डा। युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरन्जीवी नेपालले बैंकरहरूलाई ब्याजदरमा प्रतिस्पर्धा नगर्न सुझाव दिएको भए पनि बैंकरहरूले अटेरी गर्दै आएका थिए ।

नेपाल बैंकर्स एसोसिएसनले तीन साता अघि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले आफू्खुशी ब्याजदर तोक्न छुट दिएपछि बजारमा ब्याजदर वृद्धिको होडबाजी शुरू भएको थियो। निक्षेप संकलन र कर्जा लगानी बीचको अनुपात नमिलेपछि बजारमा तरलता समस्या चुलिँदै जाँदा बैंकहरू निक्षेप तान्न दबाबमा परेका थिए।

जनता बैंकबाट शुरू भएको ब्याजदर वृद्धि गर्ने प्रतिस्पर्धामा एक दर्जन बैंक सहभागी भएका थिए। एक दर्जन बैंकहरूले ब्याज बढाउँदासम्म सामान्य चासो राखे पनि चिन्तित नभएको नियमक निकाय जब हिमालयन बैंक र नबिल बैंकले अरूको भन्दा बढी साढे १३ प्रतिशतसम्मको व्यक्तिगत मुद्दती निक्षेपको स्किम ल्याएपछि परिस्थिति जटिल बनेको थियो।

नेपाल राष्ट्रका प्रवक्ता नारायणप्रसाद पौडेलले बिहीबारको बैठकमा राष्ट्र बैंकले निर्देशन दिएको भन्दा पनि छलफलका लागि बोलाएको बताउनुभयो। उहाँले भन्नुभयो–‘ हामीले बेला–बेलामा बैंकहरुलाई बोलाइरहेका हुन्छौं। पछिल्लो समय ब्याजदरमा अस्वस्थ ढंगको प्रतिस्पर्धा भयो, तछाडमछाड भयो। वास्तवमा राष्ट्र बैंकले ब्याजदर बढाउ र घटाउ भन्ने त होइन। तर, ब्याजदरमा स्थिरता हुनुपर्छ भन्ने राष्ट्र बैंकको उद्देश्य पनि हो। यिनै कुराको सेरोफेरोमा हामीले वाणिज्य बैंकका प्रतिनिधिहरुलाई बोलाएको हौं। तर, कुनै माइन्युट गर्ने, प्रतिद्दबता जनाउने जस्ता लिखित सहमति भएको होइन।’

‘बैठकमा हामीले ब्याजदरका विषयमा राष्ट्र बैंकको तर्फ चासो राख्यौ ं। बैंकहरुका साथीहरुले पनि आफ्नो समस्या राख्नुभयो। बैठकबाट बाहिर निस्किेपछि बैकका साथीहरुले कँहिँ भेला गरेको हुनसक्छ। बैकर्स संघले ब्याजदरका विषयमा सबै बैंकहरुलाई एक खालको सहमतिगर्नुभयो भन्ने सुनेको छु।’ उहाँले भन्नुभयो– ‘मुद्दतीको ब्याजदर कम भयो भने कर्जाको ब्जाजदर पनि कम हुन्छ। उद्योगधन्दा, व्यवसाय गर्न वातावरण बन्छ। हामीले उहाँहरुलाई तपाईहरु संयमित हुनुहोस धैर्य हुनुहोस् भन्यौं।’

वाणिज्य बैंकहरुले १० प्रतिशतभन्दा कम ब्याजदर कायम गर्ने सहमति गरेपछि विकास बैंकहरु पनि ब्याजदरमा पुनर्विचार गर्ने तयारी गरेका छन्। वाणिज्य बैंकले नै साढे १३ प्रतिशत ब्याज दिने भएपछि साढे १२ प्रतिशतमा नै रोकिएका विकास बैंकहरुले आफ्नो निक्षेप जोगाउनका निम्ति ब्याज बढाउने तयारीमा थिए। निक्षेप घट्दै गएपछि विकास बैंकहरुको पनि कर्जा र निक्षेपको अनुपात ८० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ।

राष्ट्र बैंकले परिस्थिति भिन्न भएको भन्दै एकपटकलाई कर्जा र निक्षेपको अनुपात ८० प्रतिशत नाघेका बैंकलाई जरिवाना नगर्ने बताइएको छ।