असली बायोडाटा


पाकेटमारका दर्जनौं ‘ग्याङ्’ पक्राउ परेको खबरले अहिले बजार खुब पिट्या छ। ठूलो ग्याङ एकै साथ प्रहरी खोरमा परेसी चिसो मौसम पनि यही खबरले तात्या छ।
पक्राउ पर्ने खस्रा फुस्स्रा अनि मैला अनुहारलाई सोझै अल्पमतमा पा¥या छ सुकिला÷मुकिला अनुहारले। सुकिला/मुकिलाको फोटो अनि भिडियो छताछुल्ल भएपछि चिसो मौसम एक्कासि तानिन बाध्य भाछ। यही कारणले धेरैको छिटो–मिठो पेसा संकटमा परेको धरहराले बुझ्या छ।

घरबाट चिरिच्याँट्ट परेर निस्किने अनि आफूलाई निकै राम्रो अफिसको ‘अच्छा’ कर्मचारी बताउनेहरुको खास परिचय खुस्किएपछि पेसा संकटमा नपर्ने कुरै भएन। काठमाडौं अनि अन्य शहर बजारमा रहेका छोरा–छोरीले आफन्तलाई ढिलै भए पनि खास जागिर खुलासा गरेसी अभिभावकले दशैं र अन्य चाडबाडमा दिँदै आएको आशीर्वाद सोझै ‘डेट एक्सपायर’ भएको छ।

आशीर्वाद एक्सपायर गराउन छोरा मात्रै होइन, छोरीको पनि उस्तै ठूलो योगदान रैछ। प्रहरी नियन्त्रणमा रहेका हुलियाले यस्तै भन्छ। छोरा÷छोरीको असली बायोडाटा छताछुल्ल भएसी तनाबमा रहेका बाउ÷आमा भन्न थाल्या छन्– ‘भएको सानो तिनो इज्जत त माटोमै मिसियो, हे दैव, अब बिहे कसरी गराउने, के भनेर कुटुम्बसँग साइनो सम्बन्ध गाँस्नेर ?’