किक बक्सिङ र उसुका उदयमान राष्ट्रिय खेलाडी श्रेष्ठ सम्मानित


ललितपुर ।
किक बक्सिङ र उसुका उदयमान राष्ट्रिय खेलाडी निकेश श्रेष्ठ सम्मानित भएका छन् । छुट्टा छुट्टै दुई विधामा पटक–पटक राष्ट्रिय च्याम्पियन समेत बनिसकेका श्रेष्ठ बिहिबार एक कार्यक्रमका बिच सम्मानित भएका हुन् ।

विहिबारदेखि सुरु दोस्रो वीर गणेशमान सिंह मेमोरियल खुला राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिपमा उनी पूर्व उपप्रधान तथा गृह मन्त्री विजय कुमार गच्छेदारबाट सम्मानित भएका हुन् ।

उनलाई उदयमान खेलाडीको रुपमा सम्मानित नगदसहित सम्मान गरिएको आयोजकले जनायो । उनले हालसम्म यससँगै दजनौँ सम्मान समेत पाईसकेका छन् ।

उनी सशस्त्र प्रहरी बल ९एपिएफ०का विभागिय खेलाडी समेत हुन् । उनी ५ पटक राष्ट्रिय किक बक्सिङ च्याम्पियन र ४ पटक राष्ट्रिय उसु च्याम्पियन समेत बनिसकेका छन् ।

उनले तुर्केमिनिस्तानमा सम्पन्न एसियन किक बक्सिङ च्याम्पियनसिपमा कास्य पटक हात पारेका थिए भने अस्गाबादमा भएको पाँचौँ एसियन इन्डोर गेममा नेपालबाट एकमात्र क्वाटर फाइनलिष्ट भएका थिए ।

पछिल्लो पटक भारतमा सम्पन्न जेन वारियर्स फाईटिङ च्याम्पियनसिपमा उनी उत्कृष्ट खेलाडी भएका थिए । बिहिबारदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताका टोली व्यवस्थापक समेत हुन् ।
रासस