लघुवित्त कम्पनीहरुमार्फत् डेढ खर्ब ऋण लगानी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ग्रामीण क्षेत्रका नागरिकलाई उद्यमशील बनाउनका निम्ति वित्तीय साथ दिने योजनाका साथ स्थापना भएका लघुवित्त कम्पनीहरुको नाफा उच्च देखिएको छ । चुक्ता पुँजीको तुलनामा उच्च नाफा हुने गरेका कारण पुँजी बजारमा यस्ता कम्पनीप्रति लगानीकर्ताहको आकर्षण पनि बढी नै हुने गरेको छ ।

हाल देशभर सञ्चालनमा ६८ वटा लघुवित्त कम्पनीहरु सञ्चालनम रहेका छन् । तीमध्ये जम्मा ३८ वटा कम्पनीमात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सँचीकृत भएका छन् । सँचीकृत कम्पनीहरूले प्रायः सबैको वित्तीय स्थिति निक्कै आकर्षक देखिको छ । उच्च ब्याजदर र न्यँन सञ्चालन खर्चका कारण लघुवित्त कम्पनीहरूको वित्तीय स्थिति राम्रो भएको हो । वित्तीय विवरण गरेका लघुवित्त कम्पनीहरुको कुल निक्षेप ५८ अर्ब ३७ करोड ६४ लाख रहेको छ भने कर्जा लगानी १ खर्ब ५० अर्ब ५६ करोड ९६ लाख रुपियाँ रहेको छ ।

नेप्सेमा सँचीकृत नभएका कम्पनीहरुसहित करिब ५० वटा लघुवित्त कम्पनीले चालँ आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पहिलो तीन महिनाको वित्तीय विवरण र उनीहरुको सञ्जाललाई हेर्दा केही लघुवित्त कम्पनीले विकास बैंकहरुलाई नै टक्कर दिने खालका देखिएका छन् ।

एक अर्ब रुपियाँ चुक्ता पुँजी भएका छिमेक लघुवित्त र निर्धन उत्थान बैंकलगायत ५० करोडमाथि चुक्ता पुँजी भएका आरएमडीसी, डिप्रोक्स, फस्र्ट माइक्रोफाइनान्स, ग्रामीण लघुवित्त, साना किसान विकास लघुवित्त कम्पनीहरु विकास बैंकलाई टक्कर दिने स्थितिमा देखिएा छन् ।

लघुवित्त कम्पनीले तीन महिनामा १५ करोड रुपियाँभन्दा बढी कमाएका छन् । आधा दर्जनभन्दा बढी कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा सय प्रतिशतभन्दा माथि बढाएका छन् । जसमा नयाँ नेपाल लघुवित्त, किसान माइक्रोफाइनान्स, स्वदेशी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, मिथिला लघुवित्त, नेरुडे लघुवित्त र आरएसडीसी लघुवित्त रहेका छन् ।

यद्यपि, आरम्भ माइक्रोफाइनान्स, आर्थिक समृद्धि लघुवित्त, गुराँस लघुवित्त र नागरिक लघुवित्त भने नोक्सानमा रहेका छन् ।

लघुवित्त कम्पनीहरुमध्ये निक्षेप तथा कर्जामा सबैभन्दा अगाडि छिमेक लघुवित्त रहेको छ । जसले १२ अर्ब ५३ करोड ७९ लाख रुपियाँ निक्षेप संकलन गरी १७ अर्ब २९ करोड ९५ लाख रुपियाँ कर्जामा लगानी गरेको छ । त्यस्तै खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा पनि पहिलो छिमेक लघुवित्त रहेको छ । त्यसपछि निर्धन उत्थान रहेको छ ।

खुद ब्याज आम्दानीमा छिमेक लघुवित्तले ३९ करोड ३७ लाख रुपियाँ र निर्धन उत्थानले ३८ करोड १२ लाख रुपियाँ आर्जन गरेको छ । त्यस्तै सञ्चालन मुनाफातर्फ छिमेकको २४ करोड १५ लाख र निर्धन उत्थानको २३ करोड ३४ लाख रुपियाँ गरेको छ ।उल्लेखित तथ्यांकलाई हेर्दा छिमेक र निर्धन उत्थानबीच प्रतिस्पर्धा रहेको देखिन्छ ।