नेपालमा सम्भावना भए पनि लगानी र व्यापार भएन: विश्व बैंक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
विश्व बैंकले नेपालले ३ भाग आयात र १ भागमात्रै निर्यात गर्दै आएको जनाएको छ । विश्व बैंकले काठमाडौंमा सार्वजनिक गरेको ‘अ ग्लास हाफ फुल’ अर्थात् ‘आधा भरिएको गिलास’ प्रतिवेदनमा नेपालकोे वार्षिक १० खर्ब रुपियाँभन्दा बढी व्यापारघाटा रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनले नेपालको व्यापारघाटा कुल गार्हस्थ्य उत्पादनको ३७ प्रतिशत हुन आउनेसमेत जनाएको छ । निर्यात भने नेपालले ज्यादै न्यँन गर्दै आएको प्रतिवेदनले भनिएको छ ।

दक्षिण एसियामा ६७ अर्ब अमेरिकी डलरको व्यापार निर्यात व्यापार गर्ने सक्ने भए पनि नेपालले भने यस्तो व्यापार २३ अर्ब डलरमा सीमित राखेको प्रतिवेदनमा छ । दक्षिण एसिया विश्वको क्षेत्रीय व्यापारमा ज्यादै कम हिस्सा अर्थात ५ प्रतिशत मात्र रहेको जनाएको छ ।

विश्व बैंकका नेपाल निर्देशक फारिस हादाद जर्भोसले नेपालले विश्वमा बढिरहेको व्यापार सञ्चाललाई आत्मसाथ गर्दै विस्तार गर्न सक्ने बताउनुभयो । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार लगानीमा पर्याप्त सम्भावना भएको भए पनि सोही अनुरुपको लगानी र व्यापार नभएको बताउनुभयो ।

छिमेकी मुलुक (नेपाल र श्रीलंका, माल्दिभ्स तथा अफगानिस्तानसँग) सिधा हवाई उडान नभएकाले व्यापारिकमार्ग विस्तार हुन नसकेको बताउनुभयो । भारत र श्रीलंकाबीच हप्तामा १ सय ४७ उडान हुँदै आएको छ ।
जसबाट दुई देशका १४ शहरमा हवाईमार्गले जोडको यसबाट नेपालले सिक्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको व्यापारघाटालाई नकरात्मक रूपमा नहेर्न आग्रह गर्नु भएको छ । नेपालको आयात पुँजी निर्माणका लागि भएकाले नेपालको मात्र यहाँको माग धान्ने अवस्था नरहेकाले नेपालले आयातमा अझै जोड गर्नुपर्ने बताउनुभयो ।

उहाँले हामी दोहोरो अंकको दिगो आर्थिक विकास वृद्धिको संघारमा रहेको छौं त्यसैले आयातको तथ्यांक हेरेर हामी आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उच्च आर्थिक वृद्धिका लागि व्यापार अपरिहार्य रहेको भन्दै मन्त्री खतिवडाले उत्पादन र अर्थतन्त्रको गुणात्मक वृद्धिमा योगदान गर्ने वस्तुको आयातबाट आत्तिन नहुने बताउनुभयो ।

नेपालजस्तो देशले अन्तर्राष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रका वस्तु उत्पादन गरेर विश्वमा बजारीकरण गर्नुपर्ने, तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपाल उन्मुख हुनसक्ने मन्त्री खतिवडाको भनाइ थियो । उहाँले पर्यटनलगायत नेपालले लाभ लिने क्षेत्रमा लगानी गरेर बन्द व्यापार विस्तार हुनका साथै रोजगारीका अवसर पनि सिर्जना हँुदै जाने बताउनुभयो ।

विश्वको प्रतिस्पर्धात्मक, आधुनिक र वैज्ञानिक बजारमा परम्परागत उत्पादनले नधान्ने अवस्था रहेको भन्दै मन्त्री डा. खतिवडाले कृषि क्षेत्रको प्रभावमा रहेको दक्षिण एसियाको अर्थतन्त्रलाई नवीनतम् उत्पादन, सेवाबाट सशक्त तुल्याउन सकिने बताउनुभयो । दक्षिण एसियामा एउटै मुलुकको अर्थतन्त्रले कुल हिस्सा ८० प्रतिशत ओगट्ने उल्लेख गर्दै प्रतिवेदनले यस क्षेत्रको व्यापारको पारस्पारिकता समेट्न नसकेको बताउनुभयो ।

समयअनुसार आर्थिक उन्नतीको कार्यक्रम परिमाजर्न गर्न नसकेकाले विकास र लगानीका अवरोधले लक्षित उपलब्धि हासिल गर्न नसकेको उहाँको दाबी थियो । सरकार नीतिगत तहबाटै सुधारका पक्षमा रहेको पनि बताउनुभयो । पँर्वाधार विस्तार गर्दै अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्दै अर्थ व्यवस्थाको तीव्र विकास गर्नका लागि व्यापारलाई बढावा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पँर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासको लागि धेरैभन्दा धेरै मुलुकसँग सिधा हवाईमार्गले जोड्नुपर्ने बताउनुभयो ।