ड्याफोडिललाई उपाधी


काठमाडौं, (नेस)
आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई पराजित गर्दै ड्याफोडिल ‘ए’ ले तेश्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार उपाधी जितेको छ । ड्याफोडिलले आयोजकलाई आङ्ग फुर्वा शेर्पाको १९ अंक मद्धतले ४६ । २५ अंकले जित निकालेको हो ।

गल्र्स तर्फ भने एचएचसीए बिजयी भयो । एचएचसीएले स्किब्सलाई ४६ । २६ अंकले पराजित गर्दै ट्रफी उचालेको हो । एचएचसीएको लागि अनिता सुनुवारले २५ अंक जोडिन् ।

प्रतियोगिताको मोष्ट भ्यालुएबल प्लेयरमा ब्वाईज तर्फ ड्याफोडिलका आङ्ग फुर्वा शेर्पा र गल्र्स तर्फ एचएचसीएकी श्रीजा भुजेल रहिन् ।
बिजयी टिम तथा खेलाडीलाई साउथ साईडर्स बास्केटबलका संस्थापक रिषी रोवर्टचन र आयोजक स्कुलका प्रिन्सिपल हरि लामाले पुरस्कार वितरण गरेका थिए ।