नेपालको मिश्रीत प्रदर्शन


काठमाडौं, (नेस)
योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन प्रतियोगितामा नेपालका खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् ।

हल्चोकको शसस्त्र प्रहरीको ब्याडमिन्टन कोर्टमा मंगलबारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत बिकास श्रेष्ठले जित हात पारे । पहिलो चरणको खेलमा विकासले माल्दिभ्सका सरिम मोहम्मदलाई २१–१५, २१–७ ले हराएका हुन् । यस्तै दिपेश धामीले माल्दिभ्सकै प्रतिद्वन्द्वी अहमद निबाललाई २१–८, २१–११ ले पन्छाए । पुरुष सिंगल्समा जित हात पार्ने अन्य नेपाली खेलाडीमा प्रफुल महर्जन, विजीत थापामगर, नविन श्रेष्ठ र प्रिन्स दाहाल रहेका छन् । पहिलो चरणमा हार्ने नेपाली खेलाडीमा इरफान अन्सारी, दिपक बोहरा, गौतम कठायत, साजनकृष्ण ताम्रकार रहेका छन् ।

यस्तै महिला सिंगल्सतर्फ सीमा राजवंशीले भारतीय प्रतिद्वन्द्वीलाई वाकओभर दिइन भने सम्झना शर्मा भारतीय खेलाडी मेघना अनिल कुलकर्णीसँग सीधा सेटमा हारेकी थिइन् ।