समृद्धि अनि न्याय ?


गत साता ह्वात्तै समृद्धि आएपछि मुलुक नयाँ युगमा प्रवेश ग¥या छ रे । नयाँ युगबारेको बहस एक कान दुई कान मैदान भएपछि धरहराले सबैतर्फ दुरविन सोभ्यायो समृद्धि त रातारात शहरका वत्तिका पोल अनि मुख्य चोकमा फैलिसकेको रैछ । सो कुरा पुष्टी गर्न पीएम ओलीका तस्वीर र नारा काठमाडौंका चोक–चोकमा छताछुल्ल पारिएको छ ।

नयाँ युग र समृद्धि भित्र्याउने सरकार कहाँ छैन भन्ने शसक्त सन्देश दिन सार्वजनिक स्थललाई ओलीमय बनाउनु प¥या रे । सरकारको उपस्थिती सबैतिर छ भन्ने भइसकेपछि महिनौदेखि कन्चनपुरकी निर्मला र उनका अभिभावकलाई न्याय दिलाउन लागिपरेकाहरु निकै उत्साहित बने । अनि चोक–चोकमा निर्मलाको तस्वीर सहितको पोस्टर र पम्प्लेट टाँसे ।

तर नजिता आयो ठिक उल्टो, सरकारको दावी भन्दा धेरै फरक । भर्खरै भित्रिएको समृद्धिलाई निर्मलाको तस्वीर अंकित पोस्टरले ठूलै ग्रहण लाग्ने भएछ क्यार प्रहरी आफै पोस्टर च्यात्न खटियो । पोस्टर च्यात्न प्रहरीलाई कसले खटायो भनेर सोधखोज गर्दा गृह मन्त्रालयका अधिकारी, सीडीओ र प्रहरीका हाकिम ‘खै मलाई थाह छैन’ भन्ने जवाफ पो दिन्छन् भन्या ।

केही दिन अघि समृद्धिको बखान गरिएको पोस्टर च्यात्नेहरुलाई त प्रहरीले फ्याट्टै समात्यो रे ‘त समृद्धि विरोधी होइन’ भन्दै । अब यस्तै चाल हो भने समृद्धि सबैका घर–घरमा भित्रिएपछि मात्रै निर्मलाका हत्यारा पत्ता लाग्ने होला !