पीएसजीको जितको क्रम तोडियो


लन्डन, (एजेन्सी)
फ्रेन्च लिग वानमा बोर्डोले पेरीस सेन्ट जर्मेन (पीएसजी) लाई बराबरीमा रोकेपछि पीएसजीको लगातार जितको क्रम तोडिएको छ ।
आइतबार घरेलु मैदानमा भएको खेल २–२ गोलको बराबरीमा सकिएपछि पीएसजी जारी सिजनको लिग वानमा पहिलो पटक पहिलो पटक अंक बाध्य भएको हो । यसअघि सबै खेलमा पीएसजीले शत प्रतिशत जितको नतिजा निकाल्दै आएको थियो ।

पीएसजीले पहिलो हाफको ३४ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ड्यानी आल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अगाडि बढाएका थिए ।

तर खेलको ५३ औं मिनेटमा यान कारमाओको पासमा जिमी ब्रायन्डले गोल गर्दै बोर्डोलाई बराबरीमा ल्याए । खेलको ६६ औं मिनेटमा पीएसजीले पुनः अग्रता बनायो । जुलियन ड्राक्सलरको पासमा क्लियन एम्बाप्पेले गोलमा आफ्नो नाम लेखाए ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा बोर्डोले पुनः बराबरी गोल फर्कायो । म्याक्सिम पाउन्जेको पासमा आन्द्रिएस कर्नेलियसले गोल गरेपछि पीएसजी खेलमा फर्केको थियो ।

बराबरीसँगै पीएसजीले १५ खेलमा १४ जित र एक बराबरसहित ४३ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको मोन्टपेलेरभन्दा १४ अंकले अघि रहेको छ ।