पारा राष्ट्रिय च्याम्पियनसिप सुरु


काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गरेका राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेल सञ्चालनका सम्बन्धित संघका प्रतिनिधिलाई खेल सामाग्रीका र आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

कुल ४० लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा पारासंग सम्बन्धित विभिन्न १५ संघका १८ खेलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ हजार १ सय खेलाडीले १ सय ५० स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।