५ वर्षमा सँचना प्रविधि क्षेत्रमा १ लाखलाई रोजगारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
समस्याभित्र रुमलिएको सँचना प्रविधि क्षेत्रलाई अब यही अवस्थामा छोडेर बस्ने पक्षमा सरकार नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनु भएको छ ।

प्रविधि पत्रकार मञ्च र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले अब कुन देशमा कहिले रोजगारी खुल्छ भनेर नसोध्न आग्रह गर्नुभयोे । उहाँले देशभित्रै युवाले काम गरेर बस्ने र बाँच्ने वातावरण कहिले बन्छ भनेर सोध्न अनुरोध गर्दैै त्यसको शुरुआत आईसीटी क्षत्रेबाट नै हुने बताउनु भएको छ ।

आईसीटी क्षेत्रमा कसरी, कति रोजगारी सिर्जाना गर्न सकिन्छ भनेर सरकारले एउटा अध्ययन प्रतिवेदन तयार गरेको जानकारी दिँदै मन्त्री विष्टले देशभित्र रोजगारी सिर्जना गर्नेमा सरकारको ध्यान भएकाले अरु विषय दोस्रो प्राथमिकतामा रहेको बताउनु भएको छ ।

‘देशभित्रै काम गर्ने संस्कति बसाउने कुरा महŒवपँर्ण छ । यसका लागि मध्यमस्तरका जनशक्तिलाई आईसीटी क्षत्रेमा आवद्ध गर्ने हाम्रो योजना हो,’ मन्त्री विष्टले भन्नुभयो–‘अहिले ८५ हजारलाई रोजगारी दिने सम्भावनाको कुरा प्रतिवेदनले भनेको छ । हामी वातावरण सुधारेर त्यसलाई लाखौंमा लैजान चाहान्छौं ।’

कार्यक्रममा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले सरकारले जनशक्ति प्रक्षेपण कार्यदल बनाएर सरकारले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ भनेर अध्ययन गर्न शुरु गरेको बताउनुभयो । अब त्यसैका आधारमा शिक्षाका नीति र कार्यक्रम तय हुने र त्यसबाट आवश्यक जनशक्तिको उत्पादन देशभित्रै भएर कामका लागि विदेशिनुपर्ने अवस्था हट्ने उहाँको विश्वास छ ।

सचिव बरालले आईसीटी शिक्षा र शिक्षामा आईसीटीको प्रयोग दुई अन्तर सम्बन्धित विषय भएकाले यसलाई प्राथमिकतामा राखेर शिक्षा मन्त्रालयले काम गरिरहेको जानकारी दिनु भएको छ ।
कार्यक्रममा सहभागीले प्रविधिको क्षेत्रमा रहेका विभिन्न समस्या समाधनमा सरकार अग्रसर भएमा ब्यापक मात्रामा रोजगारी सिर्जनाको सम्भाब्यता रहेको बताए ।

कार्यक्रममा क्लाउड फ्याक्ट्रीका इन्जिनियरिङ उपाध्यक्ष कर्मठ डंगोलले प्रविधि क्षेत्रमा चुनौती बनेर रहेका केही विषयलाई सरकारले नीतिगत रुपमा सम्बोधन गर्ने हो भने ५ वर्षमा १ लाखभन्दा बढी रोजगारी सिर्जना गर्नु कुनै ठँलो विषय नभएको तर्क गर्नुभयो । उहाँले नेपालमा काम गरिरहेकालाई यहाँ बस्ने वातावरण सिर्जना गर्दै नयाँ पुस्तालाई यसतर्फ तान्न सरकारले विशेष योजना तयार गरेमा ५ वर्षमा ८५ हजार रोजगारी सिर्जनाको हुने दाबी गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका सँचना प्रविधि सल्लाहकार अस्गर अलीले सँचना प्रविधिको क्षेत्रमा रोजगारी सर्जाना गर्ने काममा विगतमा भएका प्रयास प्रतिफल दिन सक्ने किसिमका नभए पनि अब भने सरकारले गम्भीर रुपमा नै यस विषयमा योजना बनाएर अघि बढ्न लागेको जानकारी दिनुभयोे ।

यस्तै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आईसीटी क्षेत्रमा रोजगारी सिर्जनाका सम्भावनाका बारेमा व्यापक अध्ययन गरेर कार्यक्रमहरु ल्याइने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. मनिष पोखरलले हाल चार वटा विश्वविद्यायमार्फत वार्षिक ७ हजार ५ सय आईसीटी क्षेत्रका जनशक्ति उत्पादन भइरहेको जानकारी दिँदै त्यसलाई बढाउने गरी सरकारका तर्फबाट प्रोत्साहन तथा योजना प्राप्त नभएको गुनासो गर्नुभयो ।

त्यस्तै नेपाल दँरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले पछिल्लो समयमा सरकारले आईसीटी क्षेत्रको विकासका लागि प्रयास शुरु गरेको बताउनुभयो ।