नेपाल–बंगलादेश ऊर्जा संयन्त्र बैठक: नेपालको ऊर्जामा बंगलादेशको लगानीसहित ५ बुँदा सहमति

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सोमबारदेखि काठमाडौंमा शुरू नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’ को बैठकले दुई देशबीच हुने विद्युत् व्यापारमा भारतको भँमिका कस्तो रहने भन्ने विषयमा छलफल गरेको छ ।

अन्तर्देशीय प्रसारणलाईन निर्माण, नेपालको विद्युत् उत्पादनका क्षेत्रमा बंगलादेशको लगानी, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकार्य र माथिल्लो कर्णालीबाट उत्पादित विद्युत् बंगलादेशमा बेच्ने विषयमा दुई देशबीच प्रारम्भिक सहमति भएको छ ।

नेपाल र बगलादेशबीच हुने ऊर्जा व्यापार र प्रसारणलाइन निर्माणमा भारतको भँमिका कस्तो रहने भन्ने विषयलाई प्रमुख प्राथमिकताका साथ छलफल गरिएको बैठकमा सलग्न ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

बैठकले दुई देशीय विद्युत् व्यापार र अन्तर्देशीय प्रसारणलाइन निर्माण, नेपालका आयोजनामा बंगलादेशको लगानी भित्र्याउने र माथिल्लो कर्णालीबाट उत्पादित विद्युत् बंगलादेशमा बेच्ने विषयमा प्रारम्भिक सहमति गरेको छ । विद्युत् उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत्को विकासबाट हुने पारस्पारिक द्विपक्षीय हितलाई क्षेत्रीय हितमा रुपान्तरण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखिएको सहसचिव घिमिरेको भनाइ छ ।

विद्युत् विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य शुरू गर्ने लक्ष्यका साथ गत मार्चमा नेपाल र बंगलादेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समँह’ ले छलफल थालेको हो ।

बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको नेतृत्व विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिव शैख फैजुल अमिनले गर्नुभएको छ । बैठकमा अन्तर्देशीय प्रसारणलाइन, विद्युत् व्यापारको मोडालिटी, जलविद्युत्मा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत् खरिद र नवीकरणीय ऊर्जामा सहकार्य गरेर ५ वटा मुख्य एजेन्डामा छलफल भएको उहाँको भनाइ छ ।

आजको बैठकले एजेन्डा तय गरे पनि भोलि फेरि दुवै देशको ऊर्जा सचिव स्तरीय बैठकले त्यसलाई मँर्तरुप दिनेछ ।

गत मार्चमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन तथा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नरशुल हमिदबाट विद्युत् विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य शुरुवात गर्ने प्रयोजनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुई देशबीच विद्यमान मित्रवत् सम्बन्धलाई द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमा सहकार्यमार्फत् अभिवृद्धि गर्ने उद्देश्यका साथ द्विपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौतामा विद्युत् उत्पादन, ग्रीड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत्को विकासबाट हुने पारस्पारिक द्विपक्षीय हितलाई क्षेत्रीय हितमा रुपान्तरण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

विद्युत् क्षेत्रमा सहकार्य तथा लगानी गर्न दुई देशका उद्यमीलाई प्रोत्साहन हुने अपेक्षा गरिएको छ ।

जलविद्युत् विकास, प्रसारणलाइन, ऊर्जा दक्षता तथा विभिन्न प्रकारका नवीकरणीय ऊर्जाको विकास गर्ने, जनशक्ति विकास र ऊर्जा क्षेत्रको उत्पादकत्व तथा दक्षता बढावा गर्ने, विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा दक्षता, जलविद्युत् आयोजनाको विकास, लगानी, डिजाइन, निर्माण, स्थापना, सम्पन्न, सञ्चालन तथा उत्पादनका क्षेत्रमा दुवै देशका सामाजिक तथा नीजि निकायबीचको सहकार्य गर्ने कुरा सहमतिपत्रका उल्लेख गरिएको छ । दुई देशबीचका विद्युत् आयोजनामा संयुक्त उपक्रमको माध्यमबाट लगानी गर्न आ–आफ्नो देशको नीति तथा कानुनको अधिनमा रही सहयोग र समन्वय गर्ने, विद्युत् आयोजनाको सफल कार्यान्वयन गर्न सार्वजनिक तथा निजी क्षेत्रका निकायलाई आवश्यक सहयोग तथा समन्वय गर्ने, एक अर्काका विद्युत् गृहलगायत अन्य पँर्वाधारमा विद्युत् क्षेत्रसँग सम्बन्धित व्यक्तिको भ्रमण आदान प्रदान गर्ने कुरा पनि सम्झौतामा समेटिएका छन् ।

भारतको भँमिका खोज्न पहल गरिने
नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतको रचनात्मक भँमिका आवश्यक देखिएकोमा दुई देशबीच विद्युत् व्यापारको सम्भावना खोज्न उपयुक्त राष्ट्रिय तथा क्षेत्रीय ग्रिड कनेक्टीभिटी स्थापनाका लागि दुवै पक्षले आवश्यक पहलकदमी चाल्ने नेपाल र बंगलादेशबीच भएको ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा उल्लेख गरिएको छ ।

दुवै मुलुकको छिमेकी मुलुक भारतसँग विद्युत् व्यापारका बारेमा दुई देशबीच संयुक्त सहकार्यका लागि प्रोत्साहन तथा समन्वय गर्न सहमत भएको कुरा समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रअनुसार दुई देशबीचको सहकार्यलाई प्रवद्र्धन तथा समन्वय गर्न नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र बंगलादेशको विद्युत्, ऊर्जा, तथा खनिज स्रोत मन्त्रालयका सहसचिवको सहअध्यक्षतामा संयुक्त कार्यदल गठन गरिनेछ ।

उक्त संयुक्त कार्यदलको प्रगति समिक्षा गर्न दुवै देशका सरकारका विद्युत् सचिवले सहअध्यक्षता गर्ने गरी संयुक्त निर्देशक समितिको गठनको व्यवस्था गरिएको छ । संयुक्त कार्यदलको बैठक आलोपालो गरी ढाका र काठमाडौंमा बस्ने पनि यसअघि नै समझदारी भइसकेको छ ।

यसअघि दुई छिमेकी मुलुक चीन र भारतसँग द्विपक्ष्ँीय विद्युत् व्यापार सम्झौता गरिसकेको नेपालले बंगलादेशसँग पनि विद्युत् व्यापारका लागि सम्झौता गर्दै ऊर्जा बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको देखिन्छ ।