बैंक तथा वित्तीय संस्थाको उच्च नाफाले निरन्तरता पाउला ?

0
Shares

राजु श्रेष्ठ, काठमाडौं

बैंक तथा वित्तीय संस्थाले चालँ आर्थिक वर्षको पहिलो तीन महिनासम्कोम वित्तीय स्थिति प्रकाशित गर्ने क्रम करिब सकिएको छ । पहिलो वित्तीय विवरणअनुसार बैंक तथा वित्तीय कम्पनीहरुका निम्ति चालँ आर्थिक वर्ष सकारात्मक हुने संकेत देखिएको छ ।

‘अझै नौ महिनाको वित्तीय स्थितिका बारेमा विश्लेषण गर्न बाँकी नै रहेको स्थितिमा चालँ आवको समग्र अवस्थाको निचोड निकाल्न हतार हुन्छ । तर, पहिलो तीन महिनाको स्थितिले सखद् भविष्यको कल्पना गर्न सकिन्छ ।’ एक बैंकले नेपाल समाचारपत्रलाई बताए । उनले भने– आर्थिक वर्षको शुरु भएको र अघिल्लो आर्थिक वर्षको अन्तिममा हुने खर्चले वित्तीय संस्थाको स्थितिमा सकारात्मक पारेको हो । तर, दशैं तिहारपछि बैंकिङ प्रणालीमा देखिएको तरलताका कारण दोस्रो त्रैमाससम्म कस्तो प्रभाव पर्छ त्यो अहिले भन्न गाह्रो छ ।’ उनका अनुसार पहिलो तीन महिनामा देखिएको बैंकहरुको प्रगति दोस्रो तीन महिनामा घट्न सक्छ ।

पहिलो तीन महिनामा वाणिज्य बैंकहरु निक्षेप संकलनसँगै र नाफामा उल्लेख सुधार गरेका छन् । चालँ आवको तीन महिनामा बैंकहरुको कुल १५ अर्ब ४१ करोड ८३ लाख रुपियाँ खुद नाफा कमाएका छन् । जुन अघिल्लो आवको सोही अवधिमा १० अर्ब ६४ करोड २८ लाख रुपियाँमात्रै रहेको थियो ।
२८ वटा वाणिज्य बैंकहरूमध्ये चालँ आवमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक एक अर्ब रुपियाँभन्दा बढी नाफा गरेका छन् । ती बैंकले क्रमशः १ अर्ब ११ करोड ९० लाख, १ अर्ब ५ करोड ४६ लाख र १ अर्ब ५ करोड २४ लाख रुपियाँ नाफा गरेको तथ्यांक छ ।

यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंकको रहेको छ । यस बैंकले जम्मा १८ करोड ५० लाख रुपियाँमात्रै नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा नाफा उच्च गर्नेमा मेगा बैंक नेपाल, कुमारी बैंक, एनआईसी एसिया बंैैक र सेञ्चुरी बैंक रहेका छन् । मेगा बैंकले ३९४ दशमलव ४९ प्रतिशतले नाफा वृद्धि गरेको जनाएको छ । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि मेगाको वित्तीय छलाङ हो । अघिल्लो वर्षको तुलनामा सबैभन्दा नेपाल बैंक कमजोेर देखिएको छ । यस बैंकले जम्मा शँन्य दशमलव ८० प्रतिशतमात्रै नाफा बढाउन सफल भएको छ ।

चालँ आर्थिक वर्षको पहिलो त्रैमास वाणिज्य बैंकहरुले कुल २५ खर्ब ३१ अर्ब २८ करोड ४३ लाख रुपियाँ निक्षेप संकलन गरी २२ खर्ब ६५ अर्ब ९५ करोड १४ लाख रुपियाँ कर्जा लगानी गरेका छन् । एक खर्बभन्दा बढी निक्षेप संकलन गर्नेमा राष्ट्रिय वाणिज्य बैक १ खर्ब ६४ अर्ब १६ करोड ८० लाख, एनआईसी एसिया बैंक १ खर्ब ६३ अर्ब ३० करोड, नबिल बैंक १ खर्ब ४३ अर्ब ३० करोड, नेपाल इन्भेष्टमेन्ट बैंक १ खर्ब ४१ अर्ब २१ करोड, कृषि विकास बैंक १ खर्ब २ अर्ब ६२ करोड, एभरेष्ट बैंक १ खर्ब २० अर्ब ३३ करोड, ग्लोबल आइएमई बैंक १ खर्ब ११ अर्ब ४६ करोड, प्रभु बैैंक १ खर्ब ३ अर्ब २ लाख, हिमालयन बैंक १ खर्ब २ अर्ब ४५ करोड र सिद्धार्थ बैंकले १ खर्ब २५ करोड रुपियाँ निक्षेप संकलन गरेका छन् । निक्षेप संकलनमा सबैभन्दा कमजोर सिभिल बैंक देखिएको छ । यस बैंकले जम्मा ३९ अर्ब ४३ करोड ६९ लाख रुपियाँ मात्र निक्षेप संकलन गरेको छ ।

कर्जातर्फ एनआईसी एसिया बैंक १ खर्ब ३९ अर्ब २६ करोड, नबिल बैंकले १ खर्ब २८ अर्ब ७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब २४ अर्ब ६० करोड, राष्ट्रिय वाणिज्यले १ खर्ब २३ अर्ब ९० करोड, कृषि विकास बैकले १ खर्ब ३ अर्ब ६१ करोड र एभरेष्ट बैंकले १ खर्ब ३ अर्ब ३१ करोड रुपियाँ लगानी गरेका छन् ।

चालू आवमा प्रतिशेयर आम्दानीतर्फ नबिल बैंक अगाडि रहेको छ । यस बैंकको प्रतिशेयर आम्दानी ५१ दशमलव ३६ रुपियाँ र एनसीसी बैंकको ४० दशमलव शँन्य ५ रुपियाँ र तेस्रो नेपाल बैंकको ३९ दशमलव ९२ रुपियाँ रहेको छ । प्रतिशेयर आम्दानीतर्फ सबैभन्दा कमजोर सिभिल बैंकको ५ दशमलव ९५ रुपियाँ रहेको छ ।

विकास बैंकतर्फ कुल ३ खर्ब १० अर्ब १५ करोड ५९ लाख रुपियाँ निक्षेप संकलन गरी २ खर्ब ७२ अर्ब ९५ करोड ९७ लाख रुपियाँ कर्जा लगानी भएको छ । ३३ वटा विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंक अगाडि देखिएका छन् । मुक्तिनाथ विकास बैंकले ३३ अर्ब २५ करोड ६९ लाख निक्षेप २८ अर्ब ८५ करोड २ लाख रुपियाँ कर्जा लगानी गरेको छ भने महालक्ष्मीले २६ अर्ब ६८ करोड ६२ लाख निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड ५६ लाख रुपियाँ कर्जा लगानी गरेको छ । सबैभन्दा कम कर्पोरेट डेभलपमेन्ट बैंकले ८ करोड ४९ लाख रुपियाँ निक्षेप संकलन गरेको छ । तीन महिनाको अवधिमा सहारा विकास बैंक २ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको ७१ लाख रुपियाँ सञ्चालन घाटा रहेको छ ।

त्यस्तै प्रतिशेयर आम्दानीमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंक देखिएको छ । यसको प्रतिशेयर आम्दानी ५४ दशमलव २७ रुपैयाँ रहेको छ । सबैभन्दा कमसहारा विकास बैंकको शँन्य दशमलव २ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको अनुमति पाएका विकास बैंकको संख्या ३३ पुगेको छ । त्यसमध्ये राष्ट्रियस्तरका विकास बैंक ११ वटा, ४ देखि १० जिल्ला कार्यक्षेत्र रहेको विकास बैंक एउटा, १ देखि ३ जिल्ला कार्यक्षेत्र रहेका विकास बैंक १७ वटा र एउटामात्रै जिल्ला कार्यक्षेत्र रहेको विकास बैंकको संख्या ४ वटा रहेको छ ।