अरुण–३ आयोजनामा गिट्टी, बालुवा, सिमेन्ट र छड नेपाली नै प्रयोग गर्न सुझाव

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको निर्माणमा स्वदेशी सामग्रीको प्रयोग गर्न यस क्षेत्रका उद्योगी व्यवसायीले आग्रह गरेका छन् । आयोजनाको कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश नम्बर १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंँंग सम्बन्धितसिग आयोजनाले गरेको छलफलका सहभागीले उक्त सुझाव दिएका हुन ।

लगानी बोर्डको सहजीकरणमा भएको कार्यक्रममा अरुण–३ मा कस्तो खालको निर्माण सामग्री प्रयोग गर्ने र निर्माण सामग्री कहाँबाट कसरी उपलव्ध गराउने भन्ने विषयमा उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वदेशमै उत्तपादित निर्माण सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजनालाई चाहिने सिमेन्ट, ढुंगा गिट्टी तथा डन्डी सबै प्रकारका निर्माण सामग्री स्वदेशमै उत्पादन हुने भएकाले सोही सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो । उद्योग संगठन मोरङका पँर्व अध्यक्ष अशोक मुरारकाले आयोजनामा स्वदेशमै उत्तपादित गुणस्तरयुक्त सामग्री प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजना निमार्णका लागी बाह्रय मुलुकबाट निर्माण सामग्री ल्याउने नभई स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

अरुण–३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निर्माणमा पहिलो प्राथमिकता नेपालमा उत्पादित सामग्रीलाई दिइने भन्दै नेपालमा नपाइने सामग्रीमात्र अन्य मुलुकबाट ल्याइने बताउनुभयो । निर्माणमा प्रयोग हुने कतिपय सामग्री नेपालमा उत्पादन नहुने गरेको उहाँको भनाइ थियो । उहाँले कोशी राजमार्ग ठाउँ–ठाउँमा भत्केकाले सामग्री ढुवानीमा समस्या हुने गरेको बताउनुभयो । शर्माले ६ महिनादेखि आयोजनाको काम शुुरु भएको र सो आयोजना तोकिएको समयमा सम्पन्न हुने दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेश नम्बर १ प्रमुख सचिव केदार न्यौपानेले, अरुण–३ प्रदेशकै लागि गौरवको विषय भएको भन्दै परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो। उहाँले यस परियोजनाले प्रदेश नम्बर १ को विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाध रुपले लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।
आयोजना निर्माणका लागि २०७१ सालमा नेपाल सरकार र परियोजना विकासकर्ता एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीबीच सम्झैता भएको थियो । ५ वर्षभित्र निर्माण सम्पन्न गरिने सो आयोजनाको निर्माण लागत १०४ अर्ब रुपियाँ रहेको छ

परियोजना निर्माणका लागि १४ लाख ४२ हजार ७ सय २७ घनमिटर बालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने जानकारी दिइएको थियो ।