काठमाडौँ ।
राजधानीका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागू भएसंगै समस्या निम्तिएको छ ।
गृह मन्त्रालयले काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट’ मा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोर–बिजोर प्रणाली लागू गर्न निर्देशन दिएको हो ।
उक्त सम्मेलनमा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको आवागमन भएको छ ।
सरकारले अत्यावश्यक सेवा, मिडिया तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने जनाएको छ ।
तस्वीरः अनिल आङदेम्बे
प्रतिक्रिया