कान्छो जिल्ला रुकुम पुर्वमा दुई सरकारी कार्यालय स्थापना

0
Shares

धनवीर दाहाल, रुकुम पुर्व ।
नेपालको कान्छो जिल्लाको रुपमा मान्यता पाएको रुकुम पुर्वमा सरकारी कार्यालयहरु स्थापना हुने क्रममा शुक्रबार मात्र दुई सरकारी कार्यालय स्थापना भएका छन् ।

प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको रिवन काटेर तथा ब्यानर खोलेर उदघाटन गर्नु भएको हो ।

घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय सिस्ने गाउँपालिका ६ छिप्रीदहमा राखिएको छ भन्ने जिल्ला जन स्वास्थ्य कार्यालय सिस्ने गाउँपालिका ५ चोकबजारमा राखिएको छ ।

घरेलु तथा साना उद्योग बिकास समिति कार्यालयको उदघाटन गर्दै सामाजिक बिकास मन्त्री बरालले ढिलै भए पनि अति आवश्यक पर्ने कार्यालय घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय स्थापना भइ सकेकाले स्थानिय बासिन्दा लाई उद्योग ब्यबसाय सञ्चालन गर्न तथा व्यवसायको प्रवर्दनका लागि उक्त कार्यालय कोशे ढुङ्गा साबित हुने बताउनु भएको छ ।

यसै गरी जनस्वास्थ्य कार्यालय उद्घाटनमा उहाँले रुकुम पुर्बका बासिन्दाले भरपर्दाे र गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभयो । यस अघि घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय रुकुम पुर्बमा स्थापना नहुँदा रुकुम पुर्बका अधिकाशं उद्योगी ब्यबसायीहरुले रुकुम पश्चिममा पुगेर आफ्नो ब्यबसाय दर्ता, नवीकरण तथा ब्यबसाय सम्बन्धि अन्य कामकाज गर्दै आएका थिए ।

देश संघिय संरचना गइ सके पछि छुट्टै जिल्लाको मान्यता पाए संगै जिल्ला प्रशासन कार्यालय , जिल्ला समुन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला नापी कार्यालय र जिल्ला मालपोत कार्यालय लगायतका करिब आधा दर्जन जति सरकारी कार्यालयहरु स्थापना भएपनि अन्य अति आवश्यक मानिएका सरकारी कार्यालयहरु भने क्रमिक रुपमा स्थापना भइ रहेका छन ।

यी कार्यालय उदघाटन भए संगै रुकुम पुर्बमा एक दर्जन भन्दा बढी सरकारी कार्यालय स्थापना भइ सकेका छन । अति आवश्यक पर्ने सरकारी कार्यालय जिल्लामै स्थापना भए पछि रुकुम पुर्बका नागरिकहरु खुसि भएका छन । रुकुम पुर्वले गत बर्ष असोज १९ गते छुट्टै जिल्लाको मान्यता पाएको थियो ।