ज्ञान निकेतन सेमिफाइनलमा


ठमाडौं, (नेस)
ज्ञान निकेतन तेश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । ज्ञान निकेतनले एडभान्सलाई ३७–२२ ले पराजित ग¥यो । टोलीका लागि जेबिश सारुले १२ अंक जोडे । सोही स्पर्धामा लाक्पा तामाङको १२ अंक सहयोगमा जगत मन्दिरले एलिक्सरलाई १८–१२ ले हराउदै अन्तिम चारमा स्थान तय ग¥यो ।

सिनियर ब्वाइजमा ज्ञान निकेतन ‘ए’ ले नोबेल एकेडेमीलाई ४९–२४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनायो । विजयी टिमका लागि प्रनिश श्रेष्ठले १५ अंक जोडे । त्यस्तै रिभेराले ज्ञान निकेतन ‘बी’ लाई २८–१८ तथा सम्भावीले एलिक्सरलाई ३०–१८ ले पन्छाए । सिनियर गल्र्समा एडभान्सले लाइसियमलाई २२–१८ तथा जगत मन्दिरले एलिक्सरलाई १७–१२ ले निराश पारे ।