रिचार्ड पोखरा राइनोजमा आबद्ध


काठमाडा ।
पोखरा राइनोजले यही मंसीर २२ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिगको लागि पहिलो विदेशी खेलाडी आबद्ध गरेको छ ।
दक्षिण अफ्रिकाका रिचार्ड लेभीलाई पोखरा राइनोजले अनुबन्ध गरेको हो । रिचार्ड टी २० अन्तर्राष्ट्रिय खेलमा नाम चलेका खेलाडी हुन् । उनले न्युजिल्यान्डविरुद्ध सन् २०१२ मा डेब्यु गरेका थिए । टी २० अन्तर्राष्ट्रियमा उनको केही कीर्तिमान पनि बनेको छ ।

रिचार्डले राष्ट्रका लागि १२ वटा टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले कूल २सय ३६ रन बनाएका छन् । उनको नाममा ४५ बलमा छिटो १ सय १७ रनको सतक बनाएको कीर्तिमान छ । उनले ४५ बलमा १३ छक्का प्रहार गरेको पनि कीर्तिमान बनेको छ । यो एउटै टी २० अन्तराष्ट्रिय खेलमा प्रहार भएको सर्वाधिक छक्काको संख्या हुन् ।

रिचार्डले आफ्नो वक्तव्यमा समेत नेपालमा खेल्ने रहर भएको भन्दै नेपाललाई सुन्दर देश भनेर चिनेको बताएका छन् । उनले वक्तव्यमा उल्लेख गरेको छ—विश्वमा नेपाल सबैभन्दा सुन्दर देस भनेर सुनिरहेको छु । पोखरा राइनोजको हिस्सा बनिरहेकोमा मलाई खुशी पनि लागेको छ । मैले इपीएलमा राम्रै गर्न कोसिस गर्नेछु । मैले छिटै नेपालमा रहेका क्रिकेट समर्थक, नयाँ प्रतिभावान खेलाडीसँग भेट गर्न पाउनेछु ।