नक्साल टिम च्याम्पियन


काठमाडौं, (नेस)
प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा नक्साल बक्सिङ क्लबले टिम च्याम्पियनको उपाधि जितेको छ ।

नक्सालले समग्रमा ४ स्वर्ण ६ रजत जित्न सफल भयो । काठमाण्डौं बक्सिङ क्लबले समग्रमा २ स्वर्ण सहित दोश्रो स्थान हात पारेको छ । प्रतियोगिताका यु–१९ को महिलातर्फको नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनल उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । त्यस्तै यु–२४ को महिलातर्फ अल्फाकी लक्ष्मी मगर र पुरुषतर्फ काठमाण्डौ बक्सिङ क्लबका दिनेश राईले उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । अल नेपाल इन्टर प्राईजेजका संचालक नरनाथ केसीबाट उत्कृष्ट खेलाडीको लागि जनहि १० हजार नगद प्रायोजन गरेका थिए ।

महिला यु–२४ को फाईनल खेलः– ४८ केजीमुनि धनकुटाकी बिस्मिता राईले बक्समाण्डुकी सपना गुरुङलाई अंकको आधारमा हराउँदै च्याम्पियन भइन् । सोही उमेर समूहको ५७ केजीमुनि अल्फा ट्रनिङ सेन्टरकी लक्ष्मी घर्तिमगरले नक्सालकी शिवानी श्रेष्ठलाई हराउँदे च्याम्पियन भइन ।

पुरुष यु–२४ फाईनल खेलः– ४९ केजीमुनि काठमाडौं बक्सिङ क्लबको दीपेश राई सुनसरीका विशाल राईलाई हराउँदै च्याम्पियन भए । ५२ केजीमुनि ललितपुरका बुद्धग्याम्जो लामाले केन्द्रीय बक्सिङ क्लबका जीवनकुमार पुनलाई तथा ५६ केजीमुनि भक्तपुरका सुजन पौडेलले कास्की पूरन रास्कोटीलाई हराउँदे च्याम्पियन भका थिए ।

पुरुषकै ६० केजीमुनि नक्सालका मौसम रानामगरले जिमखानाका करण बज्राचार्यलाई तथा ६४ केजीमुनि कास्कीका पवन गुरुङले नक्साल क्लबका विवेकवीर सिंहलाई स्तब्ध बनाउँदै च्याम्पियन भए । ६९ केजीमुनि रेज फटनेसका कोशिष श्रेष्ठले जिमखानाका अनमोल घलेलाई तथा ७५ केजीमा दाङका गणेश बिकले टीकाथलीका प्रिन्स खड्कालाई हराउँदे च्याम्पियन भए । पुरुषकै ८१ केजीमुनि कञ्चनपुरका मायाप्रकाश पन्तले बोसीगाउँका प्रसान्त महर्जनलाई हराउँदै च्याम्पियन भए ।

महिला १९ वर्षमुनिको फाईनल अन्तर्गत ४८ केजी मुनिको फाइनल खेलमा नक्साल ए की रमिसा श्रेष्ठले अल्फाकी सुसिला थापालाई हराउदै स्वर्ण जितिन् । ५१ केजीमा नक्साल बी की सुमिना खड्काले नक्साल ए की तेजी गुरुङलाई हराउदै स्वर्ण जितिन् । ५४ केजीमा बानुजकी संज्ञा लोहनीले नक्सालकी लाक्का दिकी सेर्पालाई हराउदै स्वर्ण जितिन् र ६० केजी तौलको उपाधि भिड्न्तमा नक्साल ए की एलिसा खड्गीले मेघदुतकी सिवानी श्रेष्ठलाई हराउदै स्वर्ण जितिन् ।

पुरुष १९ वर्षमुनिको फाईनल खेलअन्तर्गत ४९केजीको फाईनल खेलमा मकवानपुरका जबिन पाख्रिनले नक्साल ए का रबिन थापालाई पराजित गदै स्वर्ण जिते । ५२ केजी तौलको उपाधि भिड्न्तमा नक्साल ए का अमर गुरुङले कैलालीका निर्मल सुबेदीलाई पाखा लगाउदै स्वर्ण जिते । ५६ केजीको फाईनल खेलमा नक्साल ए का अमान अलीले बक्समाण्डुका आशिष तामाङलाई पराजित गरे । ६० केजीमा बाँकेका इन्द्रवहादुर सुनुवारले नक्साल ए का सन्देस राजभण्डारीलाई पराजित गदै स्वर्ण जिते । ६४ केजी तौलमा काठमाडौ बक्सिङ क्लबका योमेश तामाङले बोसीगाउंका रजित महर्जनलाई पराजित गदै स्वर्ण जिते ।