लक्ष्मी र शिवानी फाईनलमा


काठमाडौं, (नेस)
प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ्ग प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ फाईनलमा प्रवेश गरेका छन् ।

शनीबार भएको महिला यु २४ को फेदरवेट ५७ केजी तौल समुहमा अल्फाकी लक्ष्मीले भक्तपुरकी पुनम कर्माचार्यलाई अंकको आधारमा ३–२ ले पराजित गरिन् । सोही तौल समुहमा नक्सालकी शिवानीले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अंकको आधारमा पराजित गर्दै फाईनलमा लक्ष्मीसंग भेट पक्का गरेकी गरेकी थिईन् ।

त्यसैगरी पुरुष यु २४ अन्तर्गत ४९ केजी तौल समुहमा काठमाण्डौ बक्सिङ्ग क्लबका दिपेश राई र सुनसरीका विशाल राईले फाईनलमा स्थान सुरक्षित गरेका थिए । ५२ केजी तौल समुहमा ललितपुका बुद्ध ग्याम्जो लामा र सेन्ट्रल बक्सिङ्गका जीवन कुमार पुनले उपाधि भिडन्त पक्का गरेका छन् । वेन्टमवेट ५६ केजी तौल समुहमा कास्कीका पुरन रास्कोटी र भक्तपुरका सुजन पौडेलले पनि फाईनलमा भेट पक्का गरेका छन् ।