सैबु खेलमैदानमा ग्रास रुट फुटबल


ललितपुर, (नेस)
युवा तथा खेलकुद मन्त्रालय, अखिल नेपाल फुटबल महासंघ एन्फा, क्लब अफ भैसेपाटी र सैवु आवास उपभोक्ता समितिको संयुक्त प्रयासमा सैवु आवास क्षेत्रमा खेलमैदान निर्माण गरिएको छ ।

सो खेल मैदानमा शनिबारबाट ग्रास रुट फुटबल संचालन गरिएको छ । ६ देखि १४ वर्ष उमेर समुहका वालवालिका लक्षित गरी सो फुटबल तालिम आयोजना गरिएको हो । कार्यक्रममा उद्घाटन गर्नुभएका नेकपाका महासचिव विष्णु पौडेलले खेलकुद मन्त्रालय र एन्फाको सहयोगमा सो मैदानलाई थप व्यवस्थित बनाउने बताउनुभयो । त्यसको निम्ति खेलकुद मन्त्रालयले सहयोग गर्नेछ–उहाले भन्नुभयो । अहिलेका बच्चा खुट्टा लुला भुडी ठुला देखिएका छन, उनीहरुको शारिरिक विकासका लागि फुटबल तालिम दिएका हौ ।

मैदान व्यवस्थित गर्न सरकारले सहयोग गर्ने उहाको प्रतिबद्धता थियो । उहाले १८ रोपनी ९ आना क्षेत्रफल रहेको सो मैदानमा केही व्यक्तीले गिद्धेनजर लगाएको आरोप लगाउदै यस्लाई सबै मिलेर जोगाउन एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

ललितपुर–३ का प्रदेश सांसद जीवन खड्काले सैवुको यो मैदानलाई व्यवस्थित फुटवल ग्राउण्डको रुपमा विकास गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । यो ग्राउण्डलाई माफियाहरुले निजीकरण गर्न खोजेका छन् यस्मा सबै सचेत हुनु जरुरी छ–उहाको भनाई थियो ।

कार्यक्रममा बोल्दै एन्फाका महासचिव इन्द्रमान तुलाधरले फुटवलप्रतिको जनचेतना जगाउन सैवु क्षेत्रमा ग्रासरुट फुटवल तालिम संचालन गरिएको जानकारी दिनुभयो । उहाले सो तालिमको लागि एन्फाले खेल सामाग्री ,फुटबल र प्रशिक्षकको सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालले महानगरक्षेत्रलाई फुटबलको हब बनाउन सबै क्लबलाई सहयोग गरेको बताउनुभयो । उहाले यो क्षेत्रमा खेलकुदको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै क्लब अफ भैसेपाटीका अध्यक्ष डा. शुसिल खड्काले सैवुवासीको अथक प्रयासबाट फुटबल मैदान तयार भएको बताउदै यस्लाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति, स्थानीय जनता र क्लबको पदाधिकारीको सहयोगमा करिब ४६ लाख रुपिया लगानीमा खेलकुद मैदानलाई व्यवस्थित गरेको जानकारी गराउदै यस्लाई बचाइ राख्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सैवु गाविसका पुर्व अध्यक्ष एवं क्लबका सदस्य अमृत खड्काले क्लबले निरन्तर रुपमा फुटबल तालिम , बास्केटबल र टेनिस खेल संचालन गर्दै जाने बताउनुभयो ।