अभिषेक र विशाल सेमिफाइनलमा


काठमाडौं, (नेस)
प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका अभिषेक सुनार र सुनसरीका विशाल राई सेमिफाइनलमा प्रवेश गरेका छन्।

पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिषेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा हराए। विशालले गुल्मीका कुमार बुढामगरलाई अंककै आधारमा हराए। पुरुष ४९ केजीमा काठमाडौं बक्सिङ क्लबका दीपेश राई पनि अन्तिम चारमा प्रवेश गरे। पुरुष यू–२४ कै ५२ केजीको खेलबाट सफलता हात पार्दै ललितपुरका बुद्ध लामा, दाङका पदम साही, जिमखानाका अभिषेक अधिकारी र केन्द्रीय बक्सिङका जीवन पुन पनि अन्तिम चारमा पुगेका छन्।

राखेप कभर्डहलमा भएको महिला यू–१९ को ४८ केजीतर्फ दाङकी सुशीला थापा र नक्सालका रमिता श्रेष्ठले अन्तिम चारमा स्थान बनाएका छन्। त्यस्तै ५१ केजीमा झापाकी अरूण यन्जन र नक्सालकी तेजी गुरुङले पनि अन्तिम चारमा स्थान पक्का गरे।