इसुजु ओपन गल्फ हुने


काठमान्डौ, (नेस)
आगामी शनिबार काठमाडौंमा इसुजु ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।
इसुजु मोटरको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका १ सय जना एमेच्योर गल्फ खेलाडीहरुले भाग लिनेछन् ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा हुने प्रतियोगिता तीन बाइ चार स्टेबलफोर्ड ढाँचामा खेलाइने जनाइएको छ । प्रतियोगितामा विजेता, उपबिजेता, उत्कृष्ट ग्रस, महिला विजेता, ६० वर्षमाथिका सिनियर र १७ वर्ष मुनिका जूनियर विजेताहरुले पुरस्कार प्राप्त गर्नेछन् । यस्तै होल नम्बर १० र १६ मा होल इन वान गर्ने प्रत्येक पहिलो दुई खेलाडीलाई जनही इसुजु पिक अप गाडी प्रदान गरिने छ ।