चीनको विकास र नेपालमा चलेको समृद्धिको चर्चा


० सुनील महर्जन
करिब छ वर्षयता चीन बारे सुन्ने, बुझ्ने र कुराकानी गर्ने क्रम सुस्तरी बढ्दै गएको थियो । अरनिको समाजले आयोजना गर्ने चीन र नेपालसंग सम्बन्धित कार्यक्रममा निरन्तर सहभागी हुँदै आएको थिए । चीन बारे सुनेको ज्ञानले प्रत्यक्ष अवलोकन गर्ने चाहनालाई प्रबल बनाउँदै लगेको थियो ।छिमेकी मुलुक भारत गएपछि चीन जाने नेपालको राजनीतिक परम्परा नै रहेको छ । यस अघि दुई पटक भारतको दिल्ली र महाराष्ट्र घुमिसकेको हुनाले अब चीन जाने पालो भनेर कहिलेकाही साथीभाईहरुसंग जिस्किन्थे । नभन्दै २०७५ कार्तिक ५ गते आईतबार चीन जाने मौका मिल्यो ।

काठमाडौंबाट चाईना साउथ एसिया विमान उडेको करिब साढे चार घण्टापछि चीनको क्वाङडोङ प्रान्तस्थित क्वाङचउ शहर पुगे । विमानस्थलबाट निस्किएपछि बस चढेर पाँच मिनेट के पर पुगेको थियो । बसको झ्यालबाट विशाल गगनचुम्बी भवनहरु, जताततै ठँलठँला बाटो, सडकको बीचमा दायाँबायाँ रुख, बिरुवा हरियाली देखे । साँच्चीकै भन्ने हो भने हरियाली नभएको सडक नै देखिएन ।देख्ने वितिक्कै ‘यस्तो पो शहर’ मेरो प्रारम्भिक प्रतिक्रिया थियो ।

फ्लाईओभर त कतिकति । एउटा फ्लाईओभरको माथि अर्को गरी तीन तहसम्म पनि फ्लाईओभर देखें ।स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्म ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको मुखबाट पुल्चोक हुँदै कोपोन्डोलसम्म प्mलाईओभर बनाउँछु भनेको सयौं पटक सुनिसकेको थिए ।‘फलाईओभर त यस्तो हुनुपर्ने, यसका लागि यति फराकिलो बाटो चाहिने रहेछ, काठमाडौं र ललितपुरमा कहाँ फ्लाईओभर बनाउने होला’ भनेर बसमा चढिरहेका नेपालीहरुलाई कुराकानी गर्ने विषय मिल्यो ।

आठ लेनको सडक, दायाँबायाँ सडकलाई जोड्ने एकपछिको फ्लाईओभरले आवागमनमा ट्राफ्रिक जामको खासै गुञ्जायस नै थिएन ।ठँलठँला भवन र सडक, अझ साईकल चढेर जाने सडक लेन अलग्गै, जहाँतहि हरियाली देख्दा अनायास नै मनमस्तिष्कमा व्यवस्थित शहर भन्न आउने रहेछ । यस्तो शहर त एकदिनमा बनेको पक्कै होइन । हुनत क्वाङचउ शहर हजारौं वर्ष पुरानो शहर हो । पहिलेदेखि व्यापारिक शहरको रुपमा विकसित भइसकेको थियो ।

क्वाङचउ शहरमा रहेको १८ औं शताब्दीमा विशेषत चिया व्यापार र त्यति बेला प्रचलित भाडाकुँडा राखिएको संग्रहालय हेर्दा यो कुरो स्पष्टै बुझिन्थ्यो ।चीन बारे जानकार एवं अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठका अनुसार क्वाङचउ शहरमा सबैभन्दा धनीलाई विश्वकै सर्वाधिक धनीको मान्छे रुपमा चिनियाँहरुले लिने गर्दथ्यो । यस्तो शहरमा त्यहाँको पुरानो बस्तीलाई संरक्षण गर्दैे करिब ४० वर्षयता ठँलठँला भवन, सडकहरु बनाउन थालेको हो ।

चार दिन क्वाङचउ शहरको घुमफिरपछि तोङकुवान शहरतर्फ लागियौं ।क्वाङचउका तुलनामा फ्लाईओभर कम भएको औद्यागिक शहर रहेछ, तोङकुवान । अवलोकन भ्रमण कै क्रममा यहाँबाट करिब डेढ घण्टाको बस यात्रापछि आर्थिक क्षेत्रको विकसित गरिएको शन्चन् शहर पुगियो ।व्यवस्थित शहरको परिकल्पना अनुरुप ३८ वर्षको दौरानमा बनेको रहेछ, शन्चन् शहर ।

यस क्षेत्र व्यापारिक केन्द्र हङकंङसग नजिक पर्दछ । ३८ वर्ष अगाडि त्यस शहरमा सिमसार क्षेत्र र त्यसमा २०, २५ हजारको हाराहारीमा माझी बस्ती रहेछ ।तिनिहरुलाई उचित विकल्प दिएर शन्चन् शहर बसाएको रहेछ ।

रोजगारीको विकल्पसहित एकिकृत बस्ती बनाएर तिनिहरुलाई स्थानान्तरण गरिएको थाहा पाए ।नेपालमा झै जबरजस्ती विस्थापित गरिएको थिएन । सबैलाई सन्तुष्ट हुने गरी उचित विकल्प दिएर जग्गा अधिग्रहण गरिएको रहेछ । अहिले उच्चस्तरीय अत्याधुनिक द्रोण क्यामरा, विपद् व्यवस्थापनमा प्रयोग गर्न सकिने लगायतका प्रविधिहरुको उत्पादनमा ठँलो फड्को मारिसकेको रहेछ ।


क्वाङचउ, फोसन, तोङकुआन हुँदै बेइजिङ सम्म आईपुग्दा यात्राका क्रममा देखेको दृश्यहरु मनमस्तिष्कमा घुमिरहेको थियो । चीन बारे मनमा अझ जान्ने बुझ्ने कौतुहता बढ्दै गएको थियो ।‘रोड कनेक्टिभिटीले गर्दा चीनियाँ जनतालाई जुनसुकै ठाउँमा यात्रा गर्न सहज रहेछ ।सार्वजनिक यातायातको विकासमा पनि निकै विकास भईसकेको छ । मेट्रो रेल, बसबाट टाढा टाढासम्म पनि सहजै र सुपथ मँल्यमा नै यात्रा गर्न सकिने रहेछ ।अधिकाशं चीनका जनता सार्वजनिक यातायात नै प्रयोग गर्ने गरेका छन् । मोटर साईकल चढेको देखिएन ।

तीन पांग्रे मोटर साईकल सामान ओसानपसार गर्न प्रयोग गरिने रहेछ ।नेपालमा बस, माईक्रोबसबाट यात्रा गर्दा ठेलामठेल हुने भएकोले सर्वसाधारणले निकै हैरानी व्यहोनुपर्ने देखिरहेकोमा चीनमा यसको उल्टो पाए ।आवागमनमा निकै सहज रहेछ ।राजधानी बेइजिङमा कार्यालय समयमा ट्राफिक जामको हुने गरेको छ । जनसंख्याको अनुपातमा गाडी धेरै भएपनि यसलाई ट्राफिक जाम कम नै भएको भन्नुपर्दछ।धुलो र धुवाले गर्दा बिहान लगाएको लुगा बेलुका मैलो, कालो हुने स्थिति नेपालमा जस्तो चीनमा रहेनछ ।

शन्चन् झै अहिले सागाँईको फुटुङ र सियोङआन शहरीकरण गर्ने क्रम चलिरहेको छ । नेपालमा जस्तो घनाबस्ती भएको ठाउँमा नभई मानव बस्ती नभएको क्षेत्रमा शहरीकरण गर्ने गरेको छ ।शहरीकरणको क्रममा कथंकदाचित बस्ती हटाउनुपर्दा पनि नेपालमा जस्तो जबरजस्ती नभई रोजगारीको विकल्प दिएर हटाउँदा रहेछन् । बस्ती बसाउन उचित पँर्वाधार भन्दा पनि बस्ती भएपछि बाटो फराकिलो पार्ने कार्य नेपालमा हुने गरेको छ । बाटो विस्तार गर्ने क्रममा सरोकारवालासंग उचित छलफल नै नगरीकन सुरक्षाकर्मीको घेरा हालेर जबरजस्ती डोजर लगाउने गरेको पाइएको छ । चीन सरकारले विस्तृत अध्ययन र योजनाका साथ व्यवस्थित शहरीकरण गरेको पाइयो । यस कार्यमा चीनको जनता, उद्यमी व्यवसायी सबैको सहयोग मिलेको रहेछ ।

पुरातात्विक स्थल र इतिहासप्रतिको सम्मान
चिनियाँहरु आफ्नो इतिहास, संस्कृति र सम्पदाको खुब संरक्षण गर्दा रहेछन् ।विश्वसम्पदा सँचीकृत ग्रेटवालदेखि नेपालका महान कलाकार अरनिकोले बनाएको नेपाली शैलीको पेइचीङ श्वेत पागोडा ’हुँदै ऐतिहासिक रुपले महत्वपँर्ण ठूलो, सानो हरेक पुरातात्विक स्थलको वातावरण, मर्मत सम्भारमा चुस्तताले राम्रो छाप पारेको थियो ।प्राचीन सभ्यता, संस्कृतिलाई गौरव गर्दै राज्यले यसको संरक्षणमा विशेष ध्यान दिएको पाइएको छ ।

विकासक्रमको अभिलेख, इतिहासलाई जोगाउन ठँलै धनराशी खर्चसंगै मिहिनत पनि गर्ने गरेको छ । शहरैपिच्छे बनाइएको संग्रहालयमा त्यस शहरको इतिहास र विकासक्रमसंग जोडिएको विभिन्न ऐतिहासिक दस्तावेजलाई संंरक्षण गरिरहेको छ । फोसन शहरमा एक सय पुरानो बस्तीमा रहेको सयौं घरलाई संरक्षणसंगै अहिले व्यावसायिक प्रयोजनका लागि प्रयोगमा ल्याइएको छ ।

बेइजिङमा अहिले पनि सयौं चोकहरु रहेको छ ।ठ्याक्कै काठमाडौं उपत्यकामा भेटिने बहाल वा ननी (चोक) जस्तो ।ती चोक उतिकै सफा रहेछ । पुरात्तात्विक सम्पदाको प्रतिकँल हुने गरी कुनै पनि संरचना बनाइएको छैन र बनाउन दिएको छैन । संस्कृतिसंगै विकासमा पर्यावरणको सन्तुलन मिलाइएको छ । एकातिर विज्ञान प्रविधिको विकास र अर्कोतिर पुरात्तात्विकको महत्वको संरक्षण, इतिहास जोगाउने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राखेको छ ।

आधुनिक विकासमा तीब्र गतिमा दौडिरहेको चीनले पुर्खाको इतिहास, सम्पदा, लोक साहित्य र संस्कृतिलाई अझै बिसिएको छैन ।बिर्सिने पनि छैनन् ।बरु प्रविधिको प्रयोगले कला, संस्कृतिलाई अझ उन्नत तवरले संरक्षण गरिरहेको छ । ‘मिस सिक्वान’ गीति नाटक देखाइएको तोङकुआनको ‘थ्रीएटर होम’को स्वरुप हेर्दा मुक्तकण्ठदेखि प्रशंसा नगरीकन बस्नै नै सकेन ।

डेढ सय वर्ष अघि अस्पताल नहुँदा घरमै बच्चा जन्माउने क्रममा एक शिशुको मृत्यँ भएको कथावस्तुलाई केन्द्रविन्दुमा राखेर सो नाटक बनाइएको थियो । कलाकारको व्यावसायिक विकासमा धेरै लगानी गरेको प्रस्तुतीले नै झल्किन्थ्यो । नाटक अनुसार परिवेशको अनुभँति गराउन प्रयोग गरिएको प्रविधिले कला साहित्यमा चिनियाँहरुको खुबै चाख दिन्छन् भन्ने बुझ्न सकिन्थ्यो ।नेपाल जस्तो सांस्कृतिक र जातीय विविधताले भरिएको देशमा कयौं संस्कृतिहरु रहेको छ । राज्यको ध्यान नपुग्दा कयौं अर्मँत संस्कृतिहरु लोप हुने क्रममा छन् । कयौं लोप भइसकेको छन् ।मुखले संस्कृति महत्व बखान गरेपनि सोही अनुरुप बजेट, व्यवस्थापन कार्यमा सरकारको ध्यान पुगिरहेको छैन ।संस्कृति बचाउने दिशामा चीनको कार्य सिक्न र उत्साहप्रद रहेको छ ।

पब्लिक डिप्लोमेसी र ’बीआरआई’
चीन सरकारले पब्लिक डिप्लोमेसीको क्षेत्रमा तीब्र गतिमा कार्य गरिरहेको छ ।क्वाङचउमा भएको पब्लिक डिप्लोमेसी सम्बन्धी बृहत कार्यक्रममा चीन सरकारले प्रस्तुत गरेको विकास रणनीति बेल्ट एन्ड रोड इनिसियटिभ ‘बीआरआई’ बारे चर्चा भएको थियो । विभिन्न देशका जनतालाई चीनको विकासबारे राम्ररी बुझाउने र आपसी समझदारी बढाउने नै त्यसको उद्देश्य रहेको समारोहमा बताइएको थियो ।समारोहमा श्रीलंका, भारत, लगायत देशका प्रबुद्ध व्यक्तिहरु पनि सहभागी थिए । ‘पब्लिक डिप्लोमेसी’ चीनले अगाडि सारेको वन बेल्ट, वन रोड अथवा ‘बीआरआई’ परियोजनाका पाँचौ आयाम हुन् ।

‘बीआरआई’ परियोजनाका मुख्यतः पाँच आयाम छन्। चिनियाँहरुले यसलाई फाइभ पिलर्स ‘पाँच स्तम्भ’ भन्ने गरेका छन् ।त्यसमा क्रमशः नीतिगत संयोजन, कनेक्टिभिटी, अवरोधरहित व्यापार, वित्तीय समन्वय र जनसम्बन्ध रहेका छन् ।


नीतिगत संयोजनले बीआरआई परियोजना कार्यान्वयनका लागि आवश्यक नीतिगत संरचना निर्माणका लागि चीन र सम्बन्धित देशबीच आवश्यक संयोजनलाई जनाउँछ। कनेक्टिभिटीले थल, जल र हवाई माध्यमबाट एकअर्कोेसँग यातायात सञ्जाल निर्माणलाई जनाउँछ। अवरोधरहित व्यापार धेरै हदसम्म विश्व व्यापार संगठनले प्रस्ताव गरेको खुला बजार नीतिसँग मिल्छ । वित्तीय समन्वयले बीआरआई परियोजनाका लागि आवश्यक वित्तीय पुँजी निर्माण र परिचालनलाई जोड दिन्छ।

जनसम्बन्ध जनकँटनीतिकै एउटा पक्ष हो ।यसमा संस्कृतिको,विकास, आर्थिक वृद्धि, विश्वासको आदानप्रदान पर्दछ । यसबाट साझा उद्देश्यका लागि आपसी समझदारी बढाउने गर्दछ । डा. श्रेष्ठका अनुसार साझा गन्तव्यका लागि सहमति, समझदारी निर्माण गर्नु हो। जनता र जनताबीचको सम्बन्धले मात्र यस्तो समझदारी बन्न सक्छ।

‘बीआरआई’को पाँचौ स्थानमा जनसम्बन्धलाई राखिएको छ । बाँकी चार वटा कार्य गरेर समझदारी बढाउने कि समझदारी बढाएर काम गर्ने भन्नेमा कुन पहिला भनेर छलफल हुनु आवश्यक छ ।’ डा. श्रेष्ठले भन्नुभयो ।’

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसंगै मन्त्री, सत्तारुढ दल र तिनका नेताहरु सबैको मुखबाट रेलसंगै समृद्धि आउने कुरो गरेको खुबै सुनिन्छ ।निजी क्षेत्रपनि निरञ्जन, निराकार समृद्धिको कुरा गर्न लट्ठ देखिन्छन् । तर चीनले अघि सारेको ‘बीआरआई’ परियोजना के हो, यसबाट नेपालले के कस्तो लाभ लिन सक्छ भनेर बहस गर्न तर्फ खासै ध्यान गएको छैन । डा श्रेष्ठले भन्नुहुन्छ ‘चीनले ठँलठँला राजमार्ग, बन्दरगाह, थर्मप्लान्ट बनाइरहेको छ । यस्तो अवस्थामा नेपालले पनि आफ्नो देशको विशिष्टता अनुसार, परिस्थिति मिल्ने योजना ल्याएर नेपालले पनि लाभ लिनु भनेर चीनले भनेको हो । ’ बाआरआई भनेको चीनले दिने र नेपालले लिने एकतर्फी आर्थिक, भौतिक सहयोग होइन, आपसी हितका लागि सहकार्य गरेर अघि बढौं भनेको हो ।’

आर्थिक प्रगतिसँगै संसारमा बजार विस्तार गर्ने चीनको महत्वाकांक्षी रणनीति हो । आफँलाई लाभ हुँदा अरू देशलाई पनि लाभ हुन्छ भन्ने विश्वास दिलाएर आर्थिक र राजनीतिक पाटोलाई सँगै लिएर जाने रणनीति बारे नेपालमा पर्याप्त बहस छैन । र हुनुपर्ने विषयमा पर्याप्त बहस नभएको चीन भ्रमणका क्रममा सघन ढंङ्गले अनुभव गरियो ।

चीन विकास र नेपालमा समृद्धिको
पच्चायतकालमा विकास र अहिले समृद्धि निकै सुनिने शब्द हो ।तर पनि नेपालमा खासै विकास भएन ।आखिर नेपालमा किन विकास भएन ? चीनमा पँर्वाधार, प्रविधिको विकास हेर्दा हरेक पटक मनमा आउने प्रश्न हो ।चीन भ्रमणमा जाने हरेक नेपालीलाई यस प्रश्नमा घोत्लिन त्यहाँको परिवेशले बाध्य गराएको हुनुपर्दछ ।

भ्रमण टोलीमा सहभागी समँहबीच अक्सर यस विषयमा कुराकानी हुन्थ्यो ।कुराकानीका क्रममा चीनबाट सिकेर अब ललितपुरलाई कस्तो बनाउने भनेर भन्नुप¥यो भनेर ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, उपाध्यक्ष रुपकुमार शाक्य, कोषाध्यक्ष सचेन्द्रराज जोशीलाई ठट्टा गरिरहन्थे। ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष सविन श्रेष्ठ भने अरु भन्दा अलि गम्भीर भएर तर्कविर्तक गर्न रुचाउँछन् ।क्वाङचउ र तोङकुवानको बसाईमा श्रेष्ठसंग छलफल नभएको दिन नै भएन ।

श्रेष्ठको भनाईमा सरकारले खुल्ला बजार भने पनि व्यवहार नियन्त्रित गर्न खोजेकोले समृद्धितर्फ मुलुक अघि नबढेको हो । लगानी गर्ने वातावरण नबनाउने, कालोबजारीको नाउँमा व्यापारीलाई कस्ने कानँन बनाउने कार्यले समृद्धि कसरी आउँछन् भन्ने श्रेष्ठको जवाफ हुने गर्दथ्यो । बजारको अदृश्य हातबाट समृद्धि आउँदैन भनेर श्रेष्ठको तर्कलाई म प्रतिवाद गरिरहन्थे ।वाद प्रतिवादको क्रम भ्रमण अवधिभर चलिरह्यो ।

शेन्चन् शहरमा अत्याधुनिक प्रविधिको अवलोकनपछि बहसले गम्भीरताको माग गर्दै लग्यो ।‘राज्यले मात्र बजारलाई पुरै नियन्त्रण गर्दा पनि विकास हुँदैन ।यसको उल्टो समृद्धिको जिम्मा बजारलाई छोड्दा पनि विकास नहुने तथ्य त विश्वको विभिन्न देशको इतिहासले देखाउँछ । राज्यले विकासको खाका र त्यसमा निजी क्षेत्रसहितको सबैको सहयोगले नै चीनमा विकास भएको हो । यस कुरा भने हाम्रो मैतक्य रहयो ।

फेरी विकास भनेको ठँलठँला सडक बनाउने मात्र होइन रहेछ । अत्याधुनिक प्रविधिको विकाससंगै चीनले शिक्षा, स्वास्थ्य, पर्यावरण, संस्कृति हरेक पक्षको विकासमा त्यतिकै ध्यान पु¥याएको देखिएको छ । नेपालमा डोजर नै विकास प्रतिविम्ब जस्तो ठान्छन् । तर चीनमा विकास कार्य संस्कृति र पर्यावरण मैत्री बनाइएको छ ।राज्य र निजी क्ष्ँेत्रको उचित संयोजनले मुलुकलाई विकास तर्फ डोह¥याउँछ ।समृद्धि भनेको एक दिनमा आउने विषय पनि होइन । ३८ वर्षयता माझी बस्ती र सिमसार क्षेत्रबाट बनेकोे शेन्चन् शहर र अहिले पनि चलिरहेको विकासक्रम यसको एउटा ज्वलन्त उदाहरण हो ।

चीन र नेपालबीच भौगोलिक बनावट, राजनीतिक व्यवस्था, जनसंख्या, सामाजिक बनोट आपसमा तुलना नै हुन सक्दैन । त्यहाँको विकासबाट नेपालले यान्त्रिक नक्कल गर्ने होइन भन्ने डा. श्रेष्ठको चीनबारको गहिरो बुझाईबाट निस्किएको भनाई यहाँनिर बिर्सिन मिल्दैन । नेपाली समाज विविधतापँर्ण छ । नेपालको ऐतिहासिक विकास क्रम र यहाँको सामाजिक ,आर्थिक समस्या चीनसंग तुलना गर्दा कतै समानता भेटिएला कतै फरक ।

अथवा तुलना नै गर्न योग्य नहोला । जे जस्तो भएपनि नेपालीको समाजको विकास र समृद्धि नेपाल समाजको चरित्र, वस्तुस्थिति सुहाउँदो मौलिक हुनुपर्दछ । यसका लागि चीनबाट सिक्न योग्य के छैनन् ? हरेक कुरा सिक्न योग्य छ । मात्र लागँ कसले र कहाँ गर्ने भन्ने सवाल न हो।अहिने मुलुकमा समृद्धिको बहस चलेको छ ।यो समृद्धि के हो ? कुन जरोबाट पलाउँछ ? अहिले सम्म भन्न सकेको छैन ।समृद्धि कसका लागि ? कसले ल्याउने? भन्ने प्रश्नको निरुपण नभई समृद्धिको गफ हावादारी नै हुनेछ । तर यति कुरो भन्न सकिन्छ । समृद्धिको केन्द्रविन्दु रेल, गगनचुम्बी घर नभई मनुष्य हुनुपर्ने भनाई यहाँनिर मननीय छ ।

फेरी व्यापक गरिबी, पछौटेपन, अविकासबाट र असमानता हुर्किएका गरी सबै जनता मिलेर उठ्नका लागि ‘यो देश मेरो हो, यो राज्य पनि मेरो हो’ भन्ने भावना सबैको मनमा विकसित हुनुपर्दछ । यसका लागि राज्यसंयन्त्रमा सबैको पहुँच र प्रतिनिधित्व हुने गरी सही अर्थमा समावेशी चरित्र हुुनुपर्दछ । राज्यको समावेशी चरित्रको अभावमा वस्तुत समृद्धिको दिशातर्फ मुलुक कदापि अघि बढ्न सक्दैन ।बढ्ने हो भने त पञ्चायतकालमा बजाइएको विकासको नगराले अहिले मुलुक कहाँ पुगिसकेको होला?