बक्सरलाई पुरस्कारको घोषणा


काठमाडौं, (नेस)
आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएका छ ।

नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य लक्ष्मण कार्की रहेका छन् । प्रतियोगितामा ६० बढी राष्ट्रको सहभागिता रहने बताइएको छ । विदाई कार्यक्रममा बक्सिङ संघका अध्यक्ष राम अवालेले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको पनि घोषणा गरे । खेलाडीलाई एक बाउट जितेमा २५ हजार, दुई बाउट जितेमा ७५ हजार र पदक जितेमा २ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।