सुपर सिक्सेस क्रिकेट अर्को महिनामा


काठमाडौं, (नेस)
सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेसको पाँचौ संस्करणको क्रिकेट प्रतियोगिता आगामी मंसीर १० गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ ।

सोमबार भएको पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट प्रालिले जनाएअनुसार प्रतियोगितामा २४ कर्पोरेटले सहभागिता जनाउनेछन् । ८ समूहमा विभाजित गराएर खेलाइने प्रतियोगितामा शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । गत संस्करणमा सिभिल बैंकले आईसीएफसी फाइनान्सलाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

प्रतियोगितामा सहभागि हुन भ्याटसहित ६५ हजार रुपियाँ तिर्नुपर्ने जनाएको छ । ५ ओभरमा खेलाइने प्रतियोगिताको बजेट ३२ लाख रुपियाँ रहेको आयोजकले जानकारी गरायो ।